जगत राई
मजदुरहरु कामको खोजीमा घन्टाघर क्षेत्रमा भीड भएर जम्मा हुन गर्छन् तर यो भीड किनमेलका लागि होइन, जीवन धान्नकै संघर्षमा होमिएका मजदुरहरूको हो। देशका विभिन्न ग्रामीण भेगबाट आएका पुरुषहरु दैनिक मजदुरीको आशामा यहाँ भेला हुन्छन्। कोही निर्माण मजदुर, कोही मिस्त्रीका सहायक, त कोही भारी बोक्ने कामका लागि तयार छन्।
गाउँमा कामको अवसरको अभाव, बढ्दो महँगी, र शिक्षा वा सीप अभावले गर्दा उनीहरू शहर पस्न बाध्य भएका हुन्। बिहान ८ बजेदेखि २ बजेसम्म घन्टाघर पुग्ने यी मजदुरहरू ‘काम पाइएला’ भन्ने आशमा घण्टौं पर्खिन्छन्। “गाउँमा काम छैन खेतीपाती पनि अहिले पानी नपरेकाले समस्या भइरहेको र वर्षभरि धान्दैन।यहाँ आएर जे काम भेटिन्छ, त्यहीँ गर्ने भनेर दैनिक जसो घन्टाघरमा आएर कामको खोजीमा बस्ने गरेको बताउँछन् । 
शहरमा मजदुरको माग भए पनि अस्थायी र अनौपचारिक रोजगारी भएकाले तलब सुनिश्चित हुँदैन। “कतिपटक त दिनभर पर्खेर पनि काम पाइँदैन,”एक जना मजदुर भन्छन् सीपमूलक तालिम नपुगेका र ग्रामीण क्षेत्रका मानिसहरू सस्तो श्रमका रूपमा प्रयोग भइरहेका छन्। “श्रम नीतिहरू व्यवहारमा लागू नगर्दासम्म यस्ता समस्याहरू यथावत् रहेको छ।
स्थानीय सरकारको भुमिका कमजोर
उता,महानगरपालिका , नगरपालिका गाउँपालिकाहरूले मजदुरको अभिलेख राख्ने र रोजगारी सिर्जना गर्ने स्पष्ट योजना नबनाउँदा समस्या थपिँदो छ। “कम्तीमा पनि दर्ता प्रणाली, न्यूनतम पारिश्रमिकको सुनिश्चितता र सामाजिक सुरक्षाका उपायहरू लागू हुनुपर्छ,” नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाइको सुझाव यस्तो रहेको छ
युवा पुस्ताहरु विदेश पलायन हुने
शहरमा पनि स्थायीत्व नभएपछि नयाँ पुस्ता वैदेशिक रोजगारतिर आकर्षित भइरहेका छन्। गाउँमा काम छैन, शहरमा स्थायीत्व छैन, अनि बाँकी विकल्प विदेश जानु पर्ने बाध्यता रहेको छ।यसरी, देशका ग्रामीण भेगबाट दैनिक मजदुरीका लागि शहर पस्ने मानिसहरूको सङ्ख्या बढ्दो छ, जुन कृषि, श्रम, तथा सामाजिक सुरक्षाको कमजोर संरचनाको प्रतिबिम्ब हो। जबसम्म स्थायी समाधानका उपायहरू लागू हुँदैनन्, तबसम्म घन्टाघर ,माइस्थान,नगवा,लगायत ठाउँहरू मजदुरहरू कामको खोजीमा जम्मा भएर बस्ने गर्छन्।