काठमाडौं : बैंक तथा वित्तीय संस्थामार्फत ६ महिनामै सेयर धितो कर्जा ९मार्जिन प्रकृतिको कर्जा० २६।३ प्रतिशत बढेको छ ।अन्य क्षेत्रमा कर्जा प्रवाह न्यून रहेका बेला सेयर धितो कर्जा भने उल्लेख्य देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म कुल ९० अर्ब ९ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म आइपुग्दा १ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ ।
पुस महिनामा मात्रै ५ अर्ब ८३ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह भएको छ । सेयर कर्जा लिनेमा ठूला लगानीकर्ता आक्रामक देखिएका छन् ।पुस मसान्तसम्म १ करोडमाथिको मार्जिन कर्जा ७५ अर्ब ४४ करोड प्रवाह भएको छ । ६ महिनामा यो सीमाको कर्जा ३४।९ प्रतिशत बढेको हो । असार मसान्तसम्म १ करोडमाथिको मार्जिन कर्जा ५५ अर्ब ९३ करोड प्रवाह भएको थियो । कुल मार्जिन कर्जामा १ करोडमाथिको कर्जा हिस्सा ६६ प्रतिशत हो ।
त्यस्तै ६ महिनाको अवधिमा ५० लाखदेखि १ करोडसम्मको मार्जिन कर्जा १४।९ प्रतिशत बढेको छ । पुस मसान्तसम्म यो सीमाको कर्जा १४ अर्ब २८ करोड रुपैयाँ गएको छ ।
२५ देखि ५० लाखसम्मको कर्जा पुस मसान्तसम्म १६ अर्ब १४ करोड प्रवाह भएको छ । ६ महिनामा यो सीमाको कर्जा ११।९ प्रतिशत बढेको हो । २५ लाखमुनिको मार्जिन कर्जा पुस मसान्तसम्म ७ अर्ब ९० करोड प्रवाह भएको छ । सानो सीमाको यो कर्जा ६ महिनामा जम्मा ८।१ प्रतिशत बढेको छ ।
हाल ५० लाखमुनिको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशत कायम गरिएको छ भने सोभन्दा माथिको कर्जामा १२५ प्रतिशत छ । उच्च जोखिमभारका वावजुत पनि ठूलो सेयर धितो कर्जा प्रवाह वृद्धिदर उच्च देखिन्छ ।
अहिले वाणिज्य बैंकहरुको कर्जामा ब्याजदर ७र८ प्रतिशतमा झरेको छ । जसले गर्दा कर्जा बढाएर सेयरमा लगानी बढाएको देखिन्छ ।बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर कारोबारका लागि एक व्यक्तिले अधिकतम १५ करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था छ । एक संस्थाले कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै यस्तो कर्जा दिन सक्ने व्यवस्था छ ।
मार्जिन प्रकृतिको यस्तो कर्जाको अवधि एक वर्षभन्दा बढी हुँदैन । सेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा उपभोग गरिरहेका ऋणीले आफूले लिएको कर्जाको सम्पूर्ण बक्यौता ९ब्याज० भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा मात्रै अवधि सकिएको १ वर्षपछि कर्जा नवीकरण गर्न सकिने व्यवस्था छ ।
कर्जा रकम दिँदा सेयरको मूल्यांकन र पाउने रकममा सीमा तोकिएको छ । धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यहीं रकमको ७० प्रतिशत मात्रै बैंकहरुले सेयर धितोमा कर्जा दिने हुन् ।