काठमाडौं : आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजेदेखि डाकिएको बैठकको मूल एजेण्डा महाधिवेशको तयारी र जनपरिचालन छन् ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठक आसन्न पोखरा महाधिवेशनमा केन्द्रित हुने बताए । महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे बैठकले निर्णय गर्नेछ ।
क्यालेन्डरसहित, प्रतिनिधिको रेसियो, प्रतिनिधि छनोट मिति, शुल्कजस्ता विषय आज टुंगिन्छु,गौतमले नेपाल प्रेससँग भने ।
यसपटकको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि चयन हुनसक्ने प्रारम्भिक अनुमान छ । सौराहाको १०औं महाधिवेशनमा आयोजकसहित १९ सय हाराहारीमा प्रतिनिधि थिए ।
गौतमका अनुसार एमालेमा अहिले ६ लाख ६३ हजार संगठित सदस्य कायम छ । १०औंमा एक हजार सदस्य बराबर ३ जना रहेकोमा यसपटक सदस्य संख्या बढेकाले १२ सयको अनुपातमा ३ जना प्रतिनिधि छनोट हुन सक्ने खाका बनाइएको छ । तर, यसको अन्तिम निर्क्यौल भने सचिवालयले टुंग्याउनेछ ।
प्रतिनिधिहरू भूगोल ९निर्वाचन क्षेत्र०, २३ वटा जनसंगठन, ३३ विभाग, केन्द्रीय कार्यालय र प्रवासबाट छानिने छन् । भूगोलमा संघीय निर्वाचन क्षेत्रलाई नै कायम गर्ने सम्भावना छ।
त्यस्तै संसद पुनस्स्थापनाको मूल एजेन्डासहित जनपरिचालनसम्बन्धी अर्को एजेण्डामा सचिवालयमा छलफल हुनेछ । सरकारले शान्तिपूर्ण र निष्पक्षरूपमा चुनाव गराउने ग्यारेन्टी नगरेसम्म चुनाव सम्भव नभएको भन्दै एमालेले प्रतिनिधिसभा पुनस्स्थापनालाई जोड दिएको छ ।