विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, कल्पनाशक्ति तथा कलात्मक प्रतिभा उजागर गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगञ्ज–पर्साको आयोजनामा ‘प्याब्सन क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
‘जहाँ रङहरू भेटिन्छन् सुन्दर अक्षरहरूसँग’ भन्ने मूल नारासहित वीरगञ्जस्थित क्लासिक बैंक्वेटमा आयोजित प्रतियोगितामा २७ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी र प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि डा. शाक्यले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान र अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले यस्ता सिर्जनात्मक प्रतियोगिताले विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न तथा उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मोती रहमानले चित्रकला तथा हस्तलेखनजस्ता प्रतियोगिताले विद्यार्थीमा सिर्जनशीलता, कलाप्रतिको रुचि र सुन्दर लेखनशैलीको विकास गर्न सहयोग पुग्ने बताउनुभयो।
प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले विद्यार्थीभित्र रहेका प्रतिभाको पहिचान गरी समाजसामु प्रस्तुत गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँले शैक्षिक गतिविधिसँगै सिर्जनात्मक क्रियाकलापले विद्यार्थीको बौद्धिक तथा व्यावहारिक क्षमता विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभयो।
महानगर अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगिताले विद्यार्थीलाई आफ्नो कल्पनाशक्ति, सिर्जनशीलता र कलात्मक क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताउनुभयो। यस्ता गतिविधिले विद्यार्थीमा आत्मविश्वास, स्वस्थ प्रतिस्पर्धाको भावना र रचनात्मक सोचको विकास गराउने उहाँको भनाइ थियो।
प्रतियोगितामा पाँच समूहमा प्रतिस्पर्धा गराइएको थियो। समूह ‘ए’ (नर्सरी, एलकेजी र यूकेजी) मा साउथ जोन सेकेन्डरी स्कुलका राज कर्ण यादव प्रथम, विद्या सदन सेकेन्डरी स्कुलकी अनन्या अली द्वितीय र नवदीप एकेडेमीकी अनन्या गुप्ता तृतीय भए। अल्पाइन स्कुलका रञ्जन साह चौथो तथा गौतम स्कुलका अभिनव चौहान पाँचौँ भए।
त्यसैगरी समूह ‘बी’ (कक्षा १ र २) मा साउथ जोन सेकेन्डरी स्कुलकी सञ्जना पटेल प्रथम, एसआर ग्यालेक्सी एकेडेमीका अंशु पटेल द्वितीय र सनसाइन इङ्लिस बोर्डिङ स्कुलका सन्नी पटेल तृतीय भए। माउन्ट एडमन्ड सेकेन्डरी स्कुलका उमाकान्त साह चौथो र गुरुकुल एकेडेमीकी शुभी गुप्ता पाँचौँ स्थान हासिल गर्न सफल भए।
समूह ‘सी’ (कक्षा ३, ४ र ५) मा गुरुकुल एकेडेमीकी सारा हयात प्रथम र सोही विद्यालयकी अनुष्का यादव द्वितीय भइन्। मस्कट एकेडेमीकी रजनन्दिनी यादव तृतीय, गौतम सेकेन्डरी स्कुलकी प्रियल तिवारी चौथो तथा एसआर ग्यालेक्सी एकेडेमीका मिथिलेश कुमार राम पाँचौँ भए।
समूह ‘डी’ (कक्षा ६, ७ र ८) मा गुरुकुल एकेडेमीका अभिनाश साह प्रथम, साउथ जोन सेकेन्डरी स्कुलका राहुल चौहान द्वितीय र रोयल एकेडेमीका अर्नव पटेल तृतीय भए। साउथ जोन सेकेन्डरी स्कुलकी मधु कुशवाहा चौथो तथा रोयल एकेडेमीका शिवम प्रजापति पाँचौँ भए।
त्यस्तै समूह ‘ई’ (कक्षा ९ र १०) मा साउथ जोन सेकेन्डरी स्कुलका रञ्जन पटेल प्रथम, मस्कट एकेडेमीकी शिक्षा लामा द्वितीय र एसआर ग्यालेक्सी एकेडेमीका श्यामसुन्दर चौहान तृतीय भए। रोयल एकेडेमीकी हर्षिता कुशवाहा चौथो स्थानमा रहिन्। पाँचौँ स्थानमा लिटिल एन्जल स्कुलकी सोनी चौरसिया र साउथ जोन सेकेन्डरी स्कुलकी श्वेता चौरसियाको नाम आयोजकले उपलब्ध गराएको छ।
यसैगरी आयोजकबाट प्राप्त थप जानकारीअनुसार सनसाइन इङ्लिस बोर्डिङ स्कुलकी विद्यार्थी शन्वी पटेलको नाम पनि प्रतियोगिताको विवरणमा समावेश गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको समापन समारोहमा प्याब्सनका केन्द्रीय प्राज्ञिक सदस्य डा. हरिशंकर शाह, प्याब्सन मधेस प्रदेशका सल्लाहकार मणि पाख्रिन, लालबाबु पटेल, वरिष्ठ उपाध्यक्ष सुशीला शाह, उपाध्यक्ष वीरेन्द्र यादव, शर्मानन्द कुशवाहा, विजय बल, लालबहादुर गुरुङ, विजयी ओझैया, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल, महासचिव राकेश साह, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव, जगत समाचारका सञ्चालक जगत राई तथा प्याब्सनका मिडिया कोअर्डिनेटर दिपु वर्णवाललगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्याब्सन जिल्ला सचिव अशोक संग्रौलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन प्याब्सन वीरगञ्ज महानगर सचिव अमित आलोकले गर्नुभएको थियो।
