बिहार : बिहार विधानसभा निर्वाचनको पहिलो चरणमा बिहीबार १८ जिल्लाका १२१ विधानसभा सिटमा मतदान भइरहेको छ। यस चरणमा कुल १ हजार ३१४ उम्मेदवारका लागि मतदाताले आफ्नो मत खसाल्दै छन्।
बिहारको राजनीतिमा चर्चामा रहेका प्रायः सबै ठूला अनुहारको सिट पहिलो चरणको मतदानमै समेटिएको छ। पटना, मुजफ्फरपुर, दरभंगा, मधेपुरा, सहरसा, गोपालगञ्ज, सिवान, सारण, वैशाली, समस्तीपुर, बेगुसराय, लखिसराय, मुङ्गेर, शेखपुरा, नालन्दा, बक्सर र भोजपुर जिल्लामा आज मतदान हुँदैछ।
यसपटकको चुनावमा पनि एनडीए र विपक्षी महागठबन्धनबिच सीधा प्रतिस्पर्धा हुने अनुमान छ। तर, प्रशान्त किशोरको पार्टी जन सुराज ९जनशक्ति जनता दल० ले पनि धेरै सिटमा चुनावी समीकरण बिगार्न सक्ने सम्भावना छ।
बिहारमा दुई चरणको मतदानका लागि कुल ७ करोड ४३ लाखभन्दा बढी मतदाताका लागि ९० हजार ७१२ मतदान केन्द्र बनाइएको छ।
दोस्रो चरणको मतदान २० जिल्लाका १२२ सिटमा नोभेम्बर ११ मा हुनेछ भने मतगणना नोभेम्बर १४ मा गरिनेछ।