पर्सा — नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागी पर्सा जिल्लाबाट प्रतिनिधि छनौट भएका युवाहरुले पार्टीभित्रको विवाद र असहमति तत्काल समाधान गर्दै एकता र सहमतिमा अघि बढन आवश्यक रहेको बताएका छन ।
सोमवार महाधिवेशनको बिषयमा कुरा गर्दै उनीहरुले “संकटको बेला फुटेर होइन, जुटेर लाग्नुपर्छ, एमालेलाई देशको पहिलो नम्बरको पार्टी बनाउन प्रत्येक सदस्यको त्याग र समर्पण आवश्यक रहेको बताएका छन ।
नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य तथा राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य महमद निजामुदी हवारीले भने आगामी महाधिवेशनको बेला व्यक्तिगत स्वार्थ र राजनीतिक प्रतिस्पर्धाले पार्टीलाई कमजोर पार्ने खतरा रहेको उल्लेख गरे । उनले स्वार्थी व्यवहार गर्नेलाई चेतावनी दिएका छन । “महाधिवेशनमा केवल आफ्नो फाइदा वा व्यक्तिगत हितका लागि अघि बढ्नु घातक हुन्छ । सहमतिमा आधारित निर्णय र एकताले मात्र पार्टीलाई मजबुत बनाउन सकिन्छ भने उनले टिप्पणी गरेका छन ।
यसैगरी मधेश प्रदेश कमिटिका सदस्य अनिल कुमार हजराले पार्टीभित्रको समन्वय र सहकार्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता बताउदै उनले सबै तहका नेता, कार्यकर्ता र सदस्यहरूले पार्टीको नीति, दिशा र ध्येयलाई सर्वोच्च प्राथमिकता दिनुपर्छ, र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ भने जोड दिए । उनले भने नेकपा एमाले पार्टीमा केपी शर्मा ओलीको कुनै बिकल्प छैन्न, फुटेर होईन, जुटेर लागौं, आउदों महाधिवेशनबाट पुनः नेकपा एमालेको अध्यक्षमा केपी ओली नै रहने उनले प्रष्ट गरेका थिए ।
यता नेकपा एमालकोे पर्सा जिल्ला कमिटिका सचिवालय सदस्य संतोष पासवानले पार्टीभित्रको एकता र अनुशासनलाई बलियो बनाउने कुरामा जोड दिँदै, आगामी महाधिवेशनलाई सफल बनाउन र पार्टीलाई राष्ट्रिय स्तरमा अग्रणी स्थान दिलाउने जिम्मेवारी सबैको साझा भएको बताए ।
यसैगरी जिल्ला सदस्य रवि गुप्ताले व्यक्तिगत स्वार्थ र विवादको कारण पार्टी कमजोर भयो भने, त्यसको असर समग्र संगठन र देशको राजनीतिमा पर्ने सबैलाई चेतावनी पनि दिएका छन । उनले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको अभिभारा बोकेको पार्टी हो र सोही अभियानका राजनेता केपी शर्मा ओली नायकको रुपमा रहेको हुनाले उनको बिकल्प नरहेको दावी समेत गरेका छन ।
पर्सा जिल्लामा पार्टी भित्र कुनै बिवाद छैन्न, पर्साबाट पनि महाधिवेशन प्रतिनिधि पुर्ण सहमतीमा छनौट भएको पार्टीपक्तिले बताएका छन ।
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेश मसिंरको २७/२८/२९ काठमाडौंमा हुने भएको छ ।