नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत दुईवटा आयोगका पदाधिकारीसहित ८ जना केन्द्रीय सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार नामावलीअनुसार तोकिएको कोटाभन्दा बढी उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध चयन भएका हुन्।
केन्द्रीय सदस्यतर्फ विभिन्न क्लस्टरमा सीमित उम्मेदवारी परेपछि मतदानको आवश्यकता नपरेको आयोगले जनाएको छ। खुला युवा क्लस्टरमा दुई जनाको कोटा रहेकामा नरेश रोकाया र सुशील थापामात्र उम्मेदवार रहेपछि दुवै निर्विरोध भएका छन्।
त्यस्तै, मधेशी युवा क्लस्टरमा अमर कुमार यादव र मुस्लिम महिला क्लस्टरमा खाजिदा खातुन सिद्धकी निर्विरोध चयन हुनुभएको छ। श्रमिक महिला क्लस्टरबाट कमला देवी तामाङ र सिता लामा तथा पिछडिएको क्षेत्र (महिला) बाट बदमी क्वाँरी बुढा (बोहरा) निर्विरोध निर्वाचित हुनुभएको छ। प्रवास (दक्षिण एसिया) तर्फ हरि प्रसाद घिमिरे निर्विरोध भएका छन्।
पार्टीका दुई महत्वपूर्ण आयोग—अनुशासन आयोग र लेखा आयोगका पदाधिकारीहरू पनि निर्विरोध चयन भएका छन्। अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा राजेन्द्र घिमिरे निर्विरोध भएका हुन्।
त्यसैगरी, लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल पुनः निर्विरोध चयन हुनुभएको छ। उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध भएका छन्।
निर्विरोध निर्वाचितको सूची
खुला केन्द्रीय सदस्य (युवा)
१) नरेश रोकाया
२) सुशील थापा
मधेशी (युवा)
१) अमर कुमार यादव
मुस्लिम (महिला)
१) खाजिदा खातुन सिद्धकी
श्रमिक (महिला)
१) कमला देवी तामाङ
२) सिता लामा
पिछडिएको क्षेत्र (महिला)
१) बदमी क्वाँरी बुढा (बोहरा)
प्रवास (दक्षिण एसिया)
१) हरि प्रसाद घिमिरे
अनुशासन आयोग
अध्यक्ष – प्रा.डा. भरतराज पहाडी
उपाध्यक्ष – चक्रबहादुर पराजुली
सचिव – राजेन्द्र घिमिरे
लेखा आयोग
अध्यक्ष – डा. पुष्पराज कँडेल
उपाध्यक्ष – घनेन्द्र राज घिमिरे
सचिव – ईश्वरी प्रसाद खरेल