काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेशगत मतभार तयार भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको मतभार अनुसार मधेश प्रदेशमा १० हजार ८३९ मतभार छ ।
मधेश प्रदेशमा १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका २७२ प्रमुख र उपप्रमुख मतदाता छन् ।
प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९, माओवादीका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीका १र१ प्रदेश सांसद छन् ।
मतभारमा कांग्रेस अगाडि छ । त्यसपछि एमाले छ । तेस्रोमा जसपा नेपाल छ । चौथोमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी छ । तर, कांग्रेस, एमाले र जसपा नेपालको तुलनामा निकै पछाडि छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा ठूला दलबीच एक्ला एक्लै प्रतिस्पर्धा हुने हो भने पनि साना दलको साथ अनिवार्य छ । जसमा जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी, जनमत, लोसपा लगायतका दलहरू निर्णायक हुनेछन् ।
| दल |
प्रदेश |
स्थानीय तह |
कुल मतभार |
| एमाले |
२५ |
५७ |
२४०८ |
| कांग्रेस |
२२ |
१०२ |
३१०४ |
| जसपा नेपाल |
१९ |
५१ |
१९२३ |
| जनमत |
१३ |
३ |
७४६ |
| लोसपा |
९ |
२४ |
९३३ |
| माओवादी |
९ |
१८ |
७६६ |
| एकीकृत समाजवादी |
७ |
११ |
५८० |
| नाउपा |
१ |
|
५३ |
| राप्रपा |
१ |
|
५३ |
| संघीय समाजवादी |
१ |
|
५३ |
| तमलोपा |
|
१ |
१९ |
| विवेकशिल साझा पार्टी |
|
२ |
३८ |
| स्वतन्त्र |
|
३ |
३७५ |
| जम्मा |
१०७ (मतभार ५६७१) |
२७२ (मतभार ५१६८) |
१०,८३९ |
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ ।
मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदनररउजुरी माथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ ।
पुस २४ गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता चाहनलेलाई समय दिने, र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
पुस २८ गते उम्मेदवारले निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट पाउनेछन् ।
माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।