प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल, धनुषा जिल्लाले २१३औँ भानुजयन्तीको अवसरमा विशेष रचना वाचन कार्यक्रम आयोजना गरेको छ।प्रलेस धनुषाका अध्यक्ष गणेश घिमिरेको अध्यक्षता तथा मिथिला नगरपालिका धनुषाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै साहित्यको भूमिका र वर्तमान आवश्यकता विषयमा चर्चा गरिएको थियो।
प्रलेस धनुषाका सचिव राम मिलनले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रेमनिधि भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा वरिष्ठ पत्रकार अनिल कर्ण, प्रलेसकर्मी जीवनस्पर्शी, प्रलेस नेपाल विदेश विभाग सदस्य प्रेम घिमिरे, केन्द्रीय सदस्य विमला विश्वकर्मा, मधेश प्रदेश अध्यक्ष नारायण घिमिरे, बुढ्यौली साहित्य समाज सिराहाका अध्यक्ष गणेश अधिकारी तथा मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उक्त अवसरमा वाचन विदुषी दाहाल, अनिल कर्ण, पूजा यादव, जीवनस्पर्शी, कुशल अधिकारी, लिलानाथ गौतम, प्रेमनिधि भट्टराई, बैकुण्ठ श्रेष्ठ, विमला विक, रेनुका भण्डारी दाहाल, डोरबहादुर खड्का, जनकप्रसाद पौडेल, दिनेश कोइराला, विपिराज दाहाल, नीरप्रसाद शर्मा, विपुल विद्रोही, पवित्रा कुमारी, सत्यनारायण आलोक, दुर्गा गौतम, राजकुमार विक, फुल्गेन मगही, राकेश झा, गणेश तिमिल्सिना, गणेश घिमिरे, देवी घिमिरे, प्रेम घिमिरे, नारायण घिमिरे, निला घिमिरे लगायतका स्रष्टाले कविता, गीत, गजल र मुक्तक वाचन गरेका थिए।
वक्ताहरूले आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यमा रहेको योगदान अतुलनीय तथा अविस्मरणीय रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई साहित्य सिर्जनातर्फ आकर्षित गर्न यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताए।
प्रमुख अतिथि उपप्रमुख सुनिता सिंह बुढाथोकीले साहित्य समाज परिवर्तनको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै युवा पुस्तालाई साहित्यसँग जोडेर मानवीय मूल्य–मान्यता र सामाजिक उत्तरदायित्वबारे सचेत बनाउनुपर्ने धारणा राखिन्।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष गणेश घिमिरेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथि, सहभागी स्रष्टा तथा सम्पूर्ण साहित्यप्रेमीप्रति आभार व्यक्त गरे। साथै, कार्यक्रमका प्रायोजक जडिबुटी संस्था मिथिलासहित सहयोगी सबैप्रति विशेष धन्यवाद ज्ञापन गरे। भानुजयन्ती विशेष रचना वाचन कार्यक्रम ढल्केवरस्थित मुगलाल–मोहन महतो स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको थियो।