वीरगंज पब्लिक कलेज (बीपीसी)ले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि आयोजित दुईदिने स्वागत तथा अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। वीरगञ्जस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा नवप्रवेशी विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं। १३ गणका सशस्त्र प्रहरी उपरीक्षक मोहन बस्नेत रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा डा। अन्जय मिश्रा, कलेजका पूर्वविद्यार्थी तथा चार्टर्ड एकाउन्टेन्ट ९सीए० मौजेलाल सहनी, शैक्षिक निर्देशक डा। बिनय ठाकुर, प्राचार्य डा। बासु कर्ण, सहायक क्याम्पस प्रमुख डा। अर्बिन्द श्रेष्ठ तथा कलेजका ब्रान्ड एम्बासडर देवेश गुप्ताको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले कक्षा ११ विद्यार्थीको भविष्य निर्माणको महत्वपूर्ण चरण भएकाले सुरुदेखि नै स्पष्ट लक्ष्य निर्धारण, अनुशासन र निरन्तर मेहनतलाई जीवनशैली बनाउनु आवश्यक रहेको बताउनुभयो।
उहाँले विद्यार्थीहरू केवल परीक्षामुखी नभई सीप, नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वमा समेत सक्षम बन्नुपर्ने उल्लेख गर्दै बीपीसीले त्यस्तो वातावरण निर्माण गरिरहेको बताउनुभयो। ूसही मार्गदर्शन र निरन्तर प्रयासले विद्यार्थीको भविष्य उज्ज्वल बन्छ,ू उहाँले भन्नुभयो।
कलेजका कार्यकारी निर्देशक युगलकिशोर प्रसाद शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले बीपीसीले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप, नेतृत्व क्षमता, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने वातावरण प्रदान गर्दै आएको बताउनुभयो। विद्यार्थीको सर्वाङ्गीण विकास नै कलेजको प्रमुख उद्देश्य रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा कलेजका शैक्षिक गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराइएको थियो। साथै नवप्रवेशी विद्यार्थीलाई बीपीसी परिवारमा औपचारिक रूपमा स्वागत गरिएको थियो।
सहभागी विद्यार्थीहरूले कार्यक्रम प्रेरणादायी, जानकारीमूलक तथा उत्साहवर्द्धक भएको प्रतिक्रिया दिएका थिए।