सनातन हिन्दू मोर्चाले वीरगंज महानगरपालिकास्तरीय २१ सदस्यीय नगर समिति गठन गरेको छ। शनिबार रानीसती मन्दिर परिसरमा आयोजित हिन्दूवादी युवाहरूको भेलाले आनन्द गुप्ताको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो।
गठित समितिको उपाध्यक्षमा विश्वास साह र आशिष महतो, महामन्त्रीमा सुमेश्वर साह, मन्त्रीमा दीपक साह, कोषाध्यक्षमा राजु साह तेली तथा प्रवक्तामा पृथ्वी सराफ चयन भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा सागर साह, सुमित श्रीवास्तव, मोहन बर्नवाल, निरञ्जन कुशवाहा, विशाल महतो, आदर्श गुप्ता, राजु साह कानु, कमलेश पटेल, विचित्र सिंह, किशन साह, सुरज सराफ, जितेन्द्र साह, मनु कुमार कानु, गुड्डु बर्नवाल र सुमित प्रजापति रहेका छन्।
मोर्चाले नेपालीहरूको सम्मान र राष्ट्रको पहिचानलाई सुदृढ बनाउने उद्देश्यसहित धार्मिक तथा सामाजिक गतिविधिमार्फत समाजलाई एकताबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। हिमाल, पहाड, तराई–मधेसलाई समेट्ने साझा परिवार निर्माण गर्दै राष्ट्र, सनातन धर्म र समृद्धिप्रति समर्पित भएर काम गर्ने तथा उद्देश्य मिल्ने अभियान, संस्था र समूहसँग सहकार्य गर्दै अघि बढ्ने लक्ष्य मोर्चाले लिएको जनाएको छ।
सनातन हिन्दू मोर्चा पर्साका अध्यक्ष हनुमान दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोर्चाका केन्द्रीय संयोजक सन्तोषानन्द महाराज, केन्द्रीय उपाध्यक्ष सुवास शाही, केन्द्रीय कोषाध्यक्ष अधिवक्ता विनोद प्रसाद कुर्मी, केन्द्रीय सदस्य योगेन्द्र प्रसाद कलवार, पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति, महामन्त्री प्रमोद शर्मा तथा प्रवक्ता मुना साह तेलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।