राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर कमिटी, पर्साको आयोजनामा पर्सागढी नगरपालिका–३ बढनियारमा शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
प्रतिनिधिसभा सदस्य सुशील साह कानुको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेका छन्।
कार्यक्रममा रास्वपाका महाअधिवेशन प्रतिनिधि सुधिर पटेल, मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, क्षेत्र नं। २ का सचिव किशन प्रसाद, वीरगञ्ज नगर सभापति दीपराज पटेल, स्थानीय बुद्धिजीवी तथा पर्सागढी नगर कमिटीका पदाधिकारी र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
रक्तदान गर्नेहरूमा प्रमुख अतिथि सांसद सुशील साह कानु, सुधिर पटेल, मुस्कान दाहाल, होमप्रसाद न्यौपाने, सन्तोष खवास, पोषण पटेल कुर्मी, हर्कबहादुर अर्याल, आशिक अधिकारी, रैतु आलम अन्सारी, कमलेश रायभर, मनोज रायभर, करण आचार्यलगायत रहेका थिए।
कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी रेशमको उपशाखाका सहकोषाध्यक्ष अभिलाष गुप्ता तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र, वीरगञ्जका प्रमुख सौरभ पाण्डेलगायतको विशेष सहयोग रहेको आयोजकले जनाएको छ।