वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेज का विद्यार्थी अमित कुमार वर्णवालले इन्स्टिच्युट अफ इन्जिनियरिङ ९आईओई० प्रवेश परीक्षामा पहिलो प्रयासमै उत्कृष्ट सफलता हासिल गरेका छन्।
अमितले आईओई प्रवेश परीक्षामा २१७औँ र्याङ्क हासिल गर्दै पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका हुन्। पहिलो प्रयासमै हासिल गरेको यो उपलब्धिलाई कलेजले विद्यार्थीको मेहनत, अनुशासन र शैक्षिक वातावरणको परिणामका रूपमा लिएको छ।
अमितको सफलताले कलेजको शैक्षिक गुणस्तर र प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा प्रदान गरिँदै आएको सहयोगलाई थप प्रमाणित गरेको कलेज प्रशासनको भनाइ छ। उनको सफलताले इन्जिनियरिङ अध्ययनको लक्ष्य बोकेका विद्यार्थीहरूलाई समेत प्रेरणा मिलेको कलेजले जनाएको छ।
अमितको सफलताप्रति खुसी व्यक्त गर्दै कलेज सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले उनलाई बधाई दिँदै आगामी दिनमा देशको सक्षम इन्जिनियरका रूपमा स्थापित हुन शुभकामना व्यक्त गरेका छन्।
त्यसैगरी कलेज प्रमुख किशोरी राय, सञ्चालक समितिका सल्लाहकार सुरेश रुङटा, कलेज प्रशासन, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूले अमितको सफलताप्रति गर्व व्यक्त गर्दै उनको उज्ज्वल भविष्यको कामना गरेका छन्।
कलेजका अनुसार अमितको उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित नभई संस्थाकै शैक्षिक यात्राको गौरवपूर्ण उपलब्धि बनेको छ। मेहनत, लगनशीलता र उचित मार्गदर्शनबाट उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने उदाहरण अमितले प्रस्तुत गरेको कलेजको भनाइ छ।
हरि खेतान बहुमुखी कलेजले विद्यार्थीलाई गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा प्रतिस्पर्धात्मक परीक्षाका लागि आवश्यक तयारीको वातावरण उपलब्ध गराउँदै आएको जनाएको छ। आगामी दिनमा पनि उत्कृष्ट नतिजा दिने विद्यार्थी उत्पादन गर्ने लक्ष्यसहित शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने कलेजले प्रतिबद्धता जनाएको छ।