खुँ खार भूमाफिया संजय ठाकुरका काला कर्तुत जति मात्रामा सर्वाङ्ग भएपनि उनलाई कारवाही गर्ने निकाय मानमा तेला हालेर बसेको छ । अनाबश्यक बिवाद सृजना गर्न लगाएर सबै तिरको बिर्चाैलिया भूमिकामा रहेको ठाकुर पुराना भुमाफियाहरुको सारथीको रुपमा खडा भएका छन । उहिल्यै साम्य भैसकेको जग्गा बिवादलाई समेत सतहमा ल्याएर रकमी खेलमा रमाउन खप्पिस ठाकुरको बिगत भने आर्थिक अपराधसँग नै जोडिएको छ । आफु सरकारी सेवा रहँदा किर्तेकारको रुपमा परिचत ठाकुरले आफ्नो आर्थिक उपार्जनको आधार क्षेत्र भने बीरगंजलाई बनाएका छन । कही कत्र पनि हुँदै नभएको घर जग्गको स्वामित्वको सृजना गरेर नक्कली कागजात तयार गरि सरकारी कार्यालय धाउने, सम्बन्धित पक्षसँग रकमको बार्गेनिङ गर्ने तथा विभिन्न माध्यमबाट दबाब सिर्जना गर्ने गरेको आरोप उनीमाथि विगतदेखि लाग्दै आएको छ । उनले सयौं बर्षै अघि निप्टरा निस्केको जग्गामा समेत अनावश्यक प्रबेश गरी रकमी खेलमा उत्रने गरेको कुरा भुक्तभोगीहरु बताउन थालका छन ।
सर्लाहीको बलरा नगरपालिका–८ स्थायी घर भएका ठाकुरले २०५३ सालमा सर्वेक्षक पदबाट नापी सेवामा प्रवेश गरेका थिए । त्यसअघि उनले तत्कालीन कृषि मन्त्री महन्थ ठाकुरको सचिवालयमा काम गरेको तथा केही समय हुलाक कार्यालयमा करार सेवासमेत गरेको विवरण छ । सर्वेक्षकबाट सेवा सुरु गरेका उनी पछि नापी अधिकृत बनेका थिए ।
तर सरकारी सेवाकै क्रममा उनी विवादमा तानिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी अधिकृत पदमा पदोन्नति भएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसपछि उनले सरकारी सेवाबाट राजीनामा दिएका थिए ।
विवादित जग्गासँग जोडिँदै गयो नाम
सरकारी सेवाबाट बाहिरिएपछि वीरगञ्जका विभिन्न जग्गा विवादमा ठाकुरको नाम जोडिँदै आएको छ । विवादित घरजग्गाका कागजात लिएर मालपोत, नापी, अदालत, महानगरपालिका तथा सम्बन्धित जग्गाधनीसम्म पुग्ने गरेको आरोप उनीमाथि लाग्दै आएको हो ।
वीरगञ्जको छपकैया क्षेत्रमा रेल्वे लाइनसँग जोडिएको करिब ३२ कट्ठा जग्गाको विवादमा समेत उनको नाम जोडिएको छ । यस्तै स्काईलाइन मल, पुरानो रेल्वे लाइन क्षेत्र, सलाई फ्याक्ट्रीको जग्गा तथा जैन धर्मशाला आसपास जग्गा विवादमा पनि ठाकुरको भूमिका रहेको आरोप लगाइएको छ ।
बिभिन्न खालको विवाद सृजना गरि करोडौं रकम माग गर्ने उनको पुरानो परिपार्टी भएको कुरा एकजना उद्योगी गुनासो गर्छन तर यी सबैको बारेमा प्रतिक्रिया लिन खोज्दा ठाकुरसँग सम्बाद तथा सम्पर्क हुन ।
नेपाल सरकारको नाममा रहेको जग्गासम्बन्धी करारनामाको विवादमा समेत ठाकुरको नाम जोडिएको छ । करोडौं रुपैंयाँ मूल्याँकन हुने जग्गा समेत कौडिको भाउमा बिक्री बितरण राजस्व हिनामिना र आफ्नो गोजी भर्नमा मात्र सिमित रहेका ठाकुरलाई बीरगंजमा स्वागत सत्कार गर्ने समूह समेत देखा परेपछि उनको मनाबल बढेको समचार प्राप्त हुन आएको छ ।
१६ जग्गाधनीको ठगी जाहेरी
ठाकुरसँग जोडिएको अर्को गम्भीर विषय वीरगञ्ज आदर्शनगरका १६ जना जग्गाधनीले दिएको ठगीसम्बन्धी जाहेरी हो । आपराधिक लाभ लिने उद्देश्यले ठगी गरेको आरोप लगाउँदै उनीहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए ।
उक्त जाहेरी २०८२ असोज ३ गते दर्ता भएको र प्रहरीले असोज ४ गते मुद्दा दर्ता गरेको बताइएको छ । तर त्यसपछि अनुसन्धान कुन चरणमा पुग्यो भन्ने विषय स्पष्ट रूपमा सार्वजनिक हुन सकेको छैन ।
प्रहरी नेतृत्व परिवर्तनपछि मुद्दाको विस्तृत अध्ययन गरेर मात्रै कारबाही अघि बढाउने भन्दै विषय विचाराधीन राखिएको विवरण छ । एउटै व्यक्तिविरुद्ध १६ जना जग्गाधनीले ठगीको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिनु आफैंमा अनुसन्धानको विषय हो । तर आरोप प्रमाणित भएको निष्कर्ष निकाल्नुअघि सम्बन्धित पक्षको बयान, प्रमाण र अनुसन्धान प्रतिवेदन सार्वजनिक प्रक्रियाबाटै मूल्यांकन हुनुपर्ने देखिन्छ ।
महानगर कर्मचारीसँग विवाद
ठाकुरको नाम वीरगञ्ज महानगरपालिकाका कर्मचारीसँग भएको विवादमा समेत जोडिएको छ । महानगरपालिकाका कर्मचारीलाई धम्की तथा गालीगलौज गरेको आरोपमा नगर प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको थियो ।
महानगरपालिकाले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र नक्सा शाखा प्रमुख गौरव झामाथि समेत दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीमाथि कानुनी कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
तर प्रहरी नियन्त्रणमा पुगेका ठाकुरलाई पछि साधारण तारेखमा छाडिएको थियो । तत्कालीन प्रहरी उपरीक्षक सुदीपराज पाठकले महानगरका कर्मचारीसँग माफी मागेकाले तत्काल साधारण तारेखमा छाडिएको र आवश्यक परे पुनः पक्राउ गरी अनुसन्धान गर्न सकिने बताएका थिए ।
ठाकुरले आफू न्यायालय, अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, प्रहरी तथा प्रशासनका उच्च तहका अधिकारीसँग निकट सम्बन्ध रहेको मनोबैज्ञानकि रुपमा सबैmलाई त्रास दिने गरेको र त्यसको आधारमा आफ्नो अभिष्ठ पुरा गर्ने गरेको समाचार प्रकाशमा आएको छ । अझ उनले त सरकारका उच्च तहमा समेत राम्रै हिमचिम रहेको त्रास फैलाएको आरोप समेत यतिबेला बिरगंज बजारमा लाग्न थालेको छ । प्रहरी महानिरीक्षकदेखि मन्त्रालयका सचिव, सरकारी वकिल, अख्तियार, नापी, मालपोत तथा न्यायालयका उच्च तहका अधिकारीसम्म आफ्नो पहुँच रहेको दाबी गर्दै सरकारी कर्मचारीलाई प्रभावमा पार्ने प्रयास गर्ने गरेको बताइएको छ ।
ठाकुरसँग जोडिएका विभिन्न घटनालाई एकै ठाउँमा राखेर हेर्दा थुप्रै प्रश्न अनुत्तरित देखिन्छन् । नापी सेवासँग जोडिएको विवाद, अख्तियारको मुद्दा, विवादित जग्गामा सक्रियताको आरोप, ३२ कट्ठा जग्गाको विवाद, स्काईलाइन मललगायतका सम्पत्तिसँग जोडिएका आरोप, रकम लेनदेनका दाबी, १६ जग्गाधनीको ठगी जाहेरी तथा महानगर कर्मचारीसँगको विवादको कानुनी अवस्था के छ भन्ने विषय अझै स्पष्ट हुनुपर्ने देखिन्छ । बीरगंज गौर चन्द्रनिगाहापुर, कलैया, सिमरा लगायतका दर्जैनौं ठाउँमा ठाकुरले पुराना र घरानीय उद्योगी ब्यापारी तथा ब्याबसायीलाई मानसिक तनाव दिने र कुनै पनि कानूनी अडचन नभएको जग्गाको भोकाधिकार एवँ स्वामित्वमा समेत प्रश्न उठाएर ठगैती धन्दामा लागेको भएपनि उनलाई कानूनी कारवाही नगर्नुको पछाडि जोडिएको् शक्तिको पहिचान गरि नाँङ्गेझार गरि कानूनी र समाजीक दण्ड दिन समेत आवश्यक भएको छ ।