भारत विकास परिषद्, शाखा–रक्सौलको आयोजनामा सञ्चालन गरिएको ‘भारतलाई चिनौं’ अखिल भारतीय लिखित परीक्षा–२०२६ मा रक्सौलका विभिन्न सहभागी विद्यालयका करिब ४०० जना छात्र–छात्राले उत्साहपूर्वक सहभागिता जनाएका छन्। परीक्षा सफलतापूर्वक सम्पन्न गराउन परिषद्का सदस्य, परीक्षक तथा पर्यवेक्षकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
परीक्षामा क्याम्ब्रिज पब्लिक स्कुल, सेन्ट माइकल इङ्लिस स्कुल, एस। ए। भी। स्कुल, चन्द्रशील इङ्लिस स्कुल, सरस्वती विद्या मन्दिर, जयन्त एकेडेमी, एम। जी। एम। इन्टरनेसनल स्कुल, डी। पी। एम। स्कुल तथा भारती पब्लिक स्कुलका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
परीक्षाको अवधि ३० मिनेट निर्धारण गरिएको थियो। विद्यार्थीहरूले भारतको इतिहास, संस्कृति, परम्परा, ज्ञान–विज्ञान, महापुरुष तथा राष्ट्रिय गौरवसँग सम्बन्धित ५० वटा वस्तुनिष्ठ प्रश्नको उत्तर दिएका थिए। भारत विकास परिषद्, शाखा–रक्सौलको यस आयोजनालाई लिएर विद्यालय व्यवस्थापन, शिक्षक तथा विद्यार्थीहरूमा उत्साहको वातावरण देखिएको थियो।
परिषद्का सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक सह मिडिया प्रभारी बिमल कुमार सर्राफले सहभागी सबै विद्यालयका व्यवस्थापन तथा शिक्षकहरूको सहयोग सराहनीय रहेको बताए। उनीहरूको सहयोगका कारण सबै विद्यालयमा परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको तथा विद्यार्थीहरूले पनि पूर्ण उत्साह र अनुशासनका साथ सहभागिता जनाएको जानकारी दिए।
भारत विकास परिषद्का अध्यक्ष रजनीश प्रियदर्शीले ‘भारतलाई चिनौं’ केवल एउटा प्रतियोगिता मात्र नभई विद्यार्थीहरूलाई भारतको गौरवशाली विरासत, संस्कृति तथा ज्ञान परम्परासँग जोड्ने महत्वपूर्ण अभियान भएको बताए। उनले विद्यार्थीहरूमा भारतप्रति जिज्ञासा, गौरव तथा राष्ट्रिय चेतना विकास गर्नु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको उल्लेख गरे। रक्सौल शाखा आगामी दिनमा पनि यस्ता रचनात्मक तथा ज्ञानवर्धक कार्यक्रमलाई व्यापक स्तरमा सञ्चालन गर्न प्रतिबद्ध रहेको उनले बताए।
संस्कार संयोजक नीतेश कुमार सिंहले बालबालिकाको उत्साह र सहभागिताले नयाँ पुस्ता आफ्नो देशको इतिहास तथा संस्कृति जान्न उत्सुक रहेको स्पष्ट भएको बताए। यस्ता प्रतियोगिताले विद्यार्थीहरूको ज्ञानवृद्धिसँगै उनीहरूमा संस्कार, आत्मविश्वास तथा राष्ट्रबोधलाई समेत बलियो बनाउने उनले बताए।
परीक्षाको नतिजाका आधारमा प्रत्येक सहभागी विद्यालयको कनिष्ठ तथा वरिष्ठ वर्गमा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीहरू शाखास्तरीय प्रश्नमञ्च ९क्विज प्रतियोगिता० मा सहभागिताका लागि योग्य हुनेछन्। यसबाट विद्यार्थीहरूले आफ्नो ज्ञान तथा प्रतिभा प्रदर्शन गर्ने थप अवसर प्राप्त गर्नेछन्।
‘भारतलाई चिनौं’ अखिल भारतीय लिखित परीक्षा सफलतापूर्वक सम्पन्न गराउन रक्सौल शाखाका सुनील कुमार, उमेश सिकारिया, बिमल कुमार सर्राफ, सीताराम गोयल, मनोज कुमार, आलोक कुमार श्रीवास्तव, रमेश कुमार, अजय कुमार, किरण जायसवाल, सुरेश धानोठिया, संगीता धानोठिया, दिनेश प्रसाद, अरविन्द जायसवाल, विनोद कुमार, सन्तोष कुमार, बिनोद रौनियार, अशोक कुमार, विवेक कुमार चौरसिया तथा शरद सर्राफले उल्लेखनीय योगदान दिएका थिए।
यसको जानकारी परिषद्का सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक सह मिडिया प्रभारी बिमल कुमार सर्राफले दिएका हुन्।