वीरगञ्ज, असोज ३। ‘धर्मनिरपेक्षता खारेज गर, सनातन हिन्दू राष्ट्र नेपाल कायम गर’ भन्ने मूल नारासहित सनातन हिन्दू मोर्चा पर्सा जिल्ला समितिले वीरगञ्जस्थित श्री गहवा माई अतिथि सदनमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
धर्मनिरपेक्ष संविधान जारी भएको दिन असोज ३ लाई मोर्चाले हिन्दूवादी संघसंस्था तथा धार्मिक समूहसँग सहकार्य गर्दै ‘कालो दिवस’का रूपमा मनाउँदै आएको जनाएको छ। सनातन हिन्दू राष्ट्र नेपाल स्थापना गर्ने उद्देश्यले आफ्नो संघर्ष निरन्तर जारी रहेको र विभिन्न समूहसँग सहकार्य भइरहेको मोर्चाले जनाएको छ।
मोर्चा पर्साका जिल्ला अध्यक्ष हनुमान दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराज, केन्द्रीय कोषाध्यक्ष विनोदप्रसाद कुर्मी, केन्द्रीय सदस्यहरू योगेन्द्रप्रसाद कलवार र भुपेन्द्र पौडेललगायतको सहभागिता थियो।
कार्यक्रममा गीता मन्दिर सञ्चालक समितिका अध्यक्ष मदन गुप्ता, श्री गहवा माई मन्दिर सञ्चालक समितिका महासचिव विजय उपाध्याय, प्रो।डा। हरेराम ठाकुर, राजेन्द्र सिंह, बृजमोहन तिवारी, अशोक सहनी, ज्योतिष आचार्य ध्रुवनारायण पाण्डेय, हिन्दू परिषद्का केन्द्रीय सदस्य सचितानन्द दुबे, घडिअर्वा छठ पूजा समितिका अध्यक्ष राकेश साह कानु, पत्रकार सन्तोष मिश्रा, रानीघाट श्रीराम जानकी मठका पुजारी सुबास बाबा लगायतले विचार व्यक्त गरेका थिए।
त्यस्तै, मोर्चा पर्साका महामन्त्री प्रमोद शर्मा, प्रवक्ता मुना साह तेली, जिल्ला सदस्य युवराज पटेल, वीरगञ्ज महानगर समितिका अध्यक्ष आनन्द गुप्ता, मन्त्री दीपक साह, कोषाध्यक्ष राजु साह तेली, नगर सदस्य सागर साह तथा हिन्दूवादी अभियन्ताहरू सन्तोष पाल, अवधेश यादव, मन्तोष पटेल र प्रेमनारायण मिश्रलगायतको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिँदै धर्मनिरपेक्षता स्थापना गर्ने तत्कालीन राजनीतिक निर्णयप्रति आलोचना व्यक्त गरेका थिए। उनीहरूले सनातन हिन्दू राष्ट्र स्थापनाका लागि अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका थिए।