भारतको मध्यप्रदेशस्थित इन्दौरमा १८औँ भारतीय पत्रकारिता महोत्सव–२०२६ शुक्रबारदेखि सुरु भएको छ। दक्षिण तुकोगञ्जस्थित जाल सभागृहमा सुरु भएको तीनदिने महोत्सवमा भारतभरबाट १५० भन्दा बढी वरिष्ठ पत्रकार, सम्पादक तथा डिजिटल सञ्चार विज्ञ सहभागी भएका छन्।
मध्यप्रदेश राज्य प्रेस क्लबको आयोजनामा भइरहेको यस वर्षको महोत्सवको मुख्य विषय ‘जेनेरेशन जेड ९न्भल(श्० र प्रिन्ट, इलेक्ट्रोनिक तथा डिजिटल सञ्चारमाध्यममा यसको प्रभाव’ रहेको छ।
महोत्सवका क्रममा हिन्दी पत्रकारिताका सात अग्रज व्यक्तित्व स्वर्गीय राहुल बारपुते, राजेन्द्र माथुर, प्रभाष जोशी, मणिकचन्द्र वाजपेयी, रमेशकचन्द्र अग्रवाल, अभय छाजलानी र कृष्णकुमार अष्टानालाई ‘सप्तऋषि’का रूपमा सम्मानपूर्वक स्मरण गरिएको छ।
उद्घाटन समारोहमा भारतको सर्वोच्च अदालतका न्यायाधीश जे।के। माहेश्वरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। मध्यप्रदेश विधानसभाका विपक्षी दलका नेता उमंग सिङ्घार, माखनलाल विश्वविद्यालयका उपकुलपति विजय मनोहर तिवारी तथा एमडीएचका अध्यक्ष राजीव गुलाटी विशेष अतिथिका रूपमा उपस्थित थिए।
अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रबाट सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामा, महासचिव एमडी अब्दुर रहमान, फेडरेशन अफ प्रेस क्लबका अध्यक्ष गौतम लाहिरी तथा कोरेस्पोन्डेन्ट क्लब अफ इन्डियाका महासचिव प्रकाश नन्दाललगायत सहभागी छन्।
महोत्सवका कार्यक्रम तथा गतिविधिबारे संयोजक सुदेश तिवारी, कार्यक्रम निर्देशक एवं राज्य प्रेस क्लब मध्यप्रदेशका अध्यक्ष प्रवीण खारीवाल तथा प्रमुख महासचिव नवनीत शुक्लाले जानकारी दिएका थिए।
महोत्सवको मुख्य आकर्षणका रूपमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा सञ्चारकर्मीलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिँदैछ।
स्वर्गीय साहित्यकार नरेश मेहताको स्मृतिमा स्थापना गरिएको ८८‘सप्तऋषि लाइफटाइम एचिभमेन्ट अवार्ड’८८बाट ७३ वर्षीय वरिष्ठ सम्पादक देवप्रिय अवस्थीलाई सम्मान गरिने भएको छ।
त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कारअन्तर्गत जी न्यूजका हार्दिक विकास दवे, एनडीटीभीकी तेजश्री पुरन्दरे, न्यूज इन्डियाका पंकज वानखेडे, एनडीटीभी एमपी–सीजीका शुभम गौतम, जी मिडियाकी प्रीता उपाध्याय, म्याग्नन ग्रुपकी शिखा शर्मा, दैनिक भास्कर ग्रुपका वैभव पलनितकर, बीबीसी न्यूज हिन्दीका विष्णुकान्त तिवारी, आईबीसी–२४ की वाणी मिश्रा, इन्डिया टीभीकी हिमांशी तिवारी तथा आरजे अनादी तिवारीलाई सम्मान गरिने भएको छ।
राज्यस्तरीय पत्रकारिता पुरस्कारका लागि गिरिश उपाध्याय, अनादी टीभीका प्रकाश भटनागर, द वाइल्डलाइफ डटकमका देशदीप सक्सेना, बन्सल न्यूजका शरद द्विवेदी, न्यूज१८ एमपी–सीजीका सुधीर दीक्षित, स्वराज एक्सप्रेस एसएमबीसीका प्रभु पतेरिया, ईटीभी भारत डिजिटलकी शिफाली, हिन्दुस्तान टाइम्सकी श्रुति तोमर, दैनिक भास्कर डिजिटलका राजेश शर्मा, शशिकान्त त्रिवेदी, द हितवादाकी भावना शुक्ला तथा सुबह–सवेरेका पंकज शुक्लालाई चयन गरिएको छ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा भारतीय पत्रकारिताको बदलिँदो स्वरूप, डिजिटल युगका चुनौती तथा अवसर र जेनेरेशन जेडको सञ्चार क्षेत्रमा परेको प्रभावलगायत विषयमा विभिन्न प्यानल छलफल, मिडिया समिट तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।