वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का महासचिव शंकर पोखरेल पर्सा जिल्लामा पार्टी संगठनलाई थप मजबुत, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा पर्साको क्षेत्र नम्बर ३ स्थित पकाहामा आयोजना हुने दशै तिहार तथा छठ पर्बको अवसरमा आयोजना गर्न लागिएको शुभकामना समारोहमा भाग लिन आउँदो २८ गते आउनु हुने कार्यक्रम तय भएको समाचार प्राप्त हुन आएको छ । पछिल्लो राजनीतिक परिवेश, जनतासँगको सम्बन्ध विस्तार तथा पार्टी संगठनलाई स्थानीय तहसम्म थप सक्रिय बनाउने विषयमा केन्द्रित यो कार्यक्रम तय भएको बताइन्छ ।
पर्सा जिल्लामा एमालेको संगठनात्मक अवस्था, पार्टीका गतिविधि तथा आगामी दिनमा संगठनलाई थप सुदृढ बनाउने सम्भावित रणनीतिका विषयमा विचार–विमर्श समेत सो कार्यक्रम मार्फत हुने भएको समाचार प्राप्त हुन आएको छ । विशेषगरी जनताको दैनिक समस्या, अपेक्षा र आवश्यकतालाई पार्टीका गतिविधिसँग जोड्दै एमालेप्रति आम नागरिकको भरोसा अझ बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर आफु निर्बाचन लडेको क्षेत्र नम्बर ३ मा कार्यक्रम आयोजना गर्न लागिएको कुरा एमालेका सम्भावना बोकेका युवा नेता रुपेश पाण्डेले बताए ।
कार्यक्रम तय गर्न महासचिब पोखरेलसँग एमाले केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, पर्सा क्षेत्र नं। ३ का युवा उम्मेदवार रुपेश पाण्डेय तथा राष्ट्रिय युवा संघ नेपाल पर्साका सचिव राकेश महतो लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
छलफलमा वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टी संगठनलाई समयअनुकूल र जनमुखी बनाउनुपर्नेमा जोड दिइएको थियो। पार्टीप्रति नागरिकको विश्वास कायम राख्न जनताका समस्यालाई नजिकबाट बुझ्ने, स्थानीय स्तरमा नियमित रूपमा जनसम्पर्क बढाउने तथा जनताका सवालमा प्रभावकारी रूपमा आवाज उठाउने विषयमा समेत छलफल भएको बताइएको छ।
त्यसैगरी युवालाई पार्टी संगठनमा थप आकर्षित गर्ने, नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारीमा जोड्ने तथा युवाका समस्या र सम्भावनालाई पार्टीका नीति तथा कार्यक्रमसँग जोडेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो। पछिल्लो समय राजनीतिमा युवाको सहभागिता र चासो बढ्दै गएकाले एमालेको संगठन विस्तारमा युवा पुस्ताको भूमिकालाई अझ प्रभावकारी बनाउने आवश्यकता औँल्याइएको थियो।
छलफलमा पार्टीका गतिविधिलाई जिल्ला सदरमुकाम र सीमित क्षेत्रमा मात्र केन्द्रित नगरी गाउँ–गाउँ तथा टोल–टोलसम्म विस्तार गर्नुपर्नेमा पनि जोड दिइएको थियो। स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद, पार्टीका नीति तथा विचारबारे जानकारी, संगठन विस्तार तथा जनसरोकारका विषयमा निरन्तर काम गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा नेताहरूले राखेका थिए।
एमालेका नेताहरूले संगठनलाई बलियो बनाउन नियमित बैठक, कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार तथा स्थानीय तहमा पार्टीको उपस्थिति प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्। संगठनको आधार बलियो भए मात्र पार्टीका विचार, नीति र कार्यक्रमलाई जनतामाझ प्रभावकारी रूपमा स्थापित गर्न सकिने उनीहरूको निष्कर्ष थियो।
पर्सा जिल्ला राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्र भएकाले यहाँ पार्टीको संगठनलाई थप प्रभावकारी बनाउने विषयलाई एमालेले प्राथमिकताका साथ अघि बढाउने संकेतसमेत छलफलबाट देखिएको छ। जिल्लाका विभिन्न क्षेत्र, समुदाय र वर्गसँग पार्टीको सम्बन्ध विस्तार गर्दै एमालेको राजनीतिक उपस्थितिलाई अझ सशक्त बनाउने विषयमा नेताहरूबीच साझा धारणा बनेको बताइएको छ।
छलफलमा पार्टी संगठनलाई केवल निर्वाचनकेन्द्रित नभई निरन्तर जनतासँग जोडिने संरचनाका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिइएको थियो। जनताका सुख–दुःखमा पार्टीका नेता तथा कार्यकर्ता प्रत्यक्ष रूपमा सहभागी हुने, स्थानीय समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने र नागरिकसँगको सम्बन्धलाई थप मजबुत बनाउने रणनीतिका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरिएको थियो।
नेताहरूले पार्टीको संगठन विस्तारसँगै विचार र राजनीतिक एजेन्डालाई पनि जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए। संगठन बलियो भए मात्र पार्टीको विचार बलियो बन्ने र बलियो संगठन तथा स्पष्ट राजनीतिक विचारबाट मात्रै अपेक्षित परिवर्तन सम्भव हुने निष्कर्षसहित पर्सामा एमालेको उपस्थिति अझ सशक्त र प्रभावशाली बनाउने दिशामा अघि बढ्न आवश्यक रहेकोले कार्यक्रमले कार्यकर्ताहरुमा नयाँ उत्साहा आउने भएकोले पर्साका सबै तहको नागरिकको समस्या समाधानको मार्ग समेत कार्यक्रम मार्फत कारिने कुरा नेता पाण्डे बताउँछन ।
पर्सामा एमालेको संगठनलाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा जनतासँगको सम्बन्ध विस्तार, युवाको सहभागिता वृद्धि र स्थानीय तहमा पार्टी गतिविधिलाई सक्रिय बनाउने आधार तयार सो कार्र्यक्रमार्फत हुने अनुमान लगाउन थालिएको छ । सो कार्यक्रमा निकै प्रभावशाली मानिएका अन्य दलका नेता तथा कार्यकर्तालाई एमाले प्रबेश गराउने अनुमान समेत लगाउन थालिएको छ । पर्साको अन्य क्षेत्रमा कार्यक्रम हुन नसकेको अवस्थामा गत संसदीय निर्बाचनमा एमालेका उम्मेदवार समेत रहेका पाण्डेले आफ्नै निर्बाचन क्ष्ग्ेत्रमा त्यमास पनि उनी जम्मेको गाउँमा नै कार्यक्रम हुनु भनेको पार्टीमा उनको शक्ति थप सदृढ भएको समाचार छ । यस बारमा एमालेका पर्सा इन्चार्ज प्रभु हजरा र जिल्ला अध्यक्ष बिश्वम्भर कुमार शर्मासँग सम्पर्क गर्न खोज्दा भेट हुन सकेन ।