वीरगञ्ज– बीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाई स्थितमा रहेको साउथजोन माध्यमिक बिधालयका विद्यार्थीहरुको सपथग्रहण तथा गतवर्ष विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई मंगलबार एक समारोहबीच प्रमाणपत्र तथा मायाको चिनोले सम्मानित गरिएको छ।
साउथजोन माध्यमिक बिधालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षता तथा बीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा उक्त वार्षिक कार्यक्रम तथा सपथग्रहण एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि लामिछानेले यसवर्ष एसइइको नतिजा भने जस्तो नभएको यो मधेस प्रदेशको एक मात्र महानगरपालिका भएको यसले निजी क्षेत्र संग महानगरपालिका समन्वय र सहकार्य गरेर अगाडि बढनु पर्ने धारणा राख्नु भएको छ।
सामुदायिक बिधालय र निजी बिधालय एक अर्कोलाई सहयोग गरेर अगाडि गए मात्र शिक्षा क्षेत्रमा सुधार हुने अपेक्षा गरेको प्रमुख लामिछानेको भनाइ रहेको छ। शिक्षा क्षेत्रमा सुधार गर्न महानगरपालिकाले १३ करोड बजेट विनियोजन गरेको बताउदै शिक्षा क्षेत्र कसरी सुधार गरेर पर्सा जिल्लाको विद्यार्थीहरुलाई यहीँ क्षेत्रमा रोक्ने काममा लाग्न प्याब्सनका जिम्मेवारी ब्यक्तिहरुलाई आग्रह र अपिल गरेका छन् । बीरगंज महानगरपालिकाले कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुल्ला गरेको त्यसमा धेरै भन्दा धेरै विद्यार्थीहरुले आवेदन दिएर आफ्नो अधिकार सुनिश्चित गर्न समेत शाखा प्रमुख लामिछानेले उक्त कार्यक्रममा बताएका हुन । बीरगंजबाट विद्यार्थीहरु पलायन हुने वातावरणलाई रोक्न निजी बिधालय र महानगरपालिका एक साथ लाग्नुपर्ने र यहीँ शैक्षिक हब बन्ने वातावरण सिर्जना गर्न अति आवश्यकता रहेको त्यसका लागि सबैको सहयोग र सहकार्य हुनुपर्ने प्रमुख लामिछानेले बताएका छन् ।
त्यसैगरी मधेस प्रदेशका खेलकुद परिषद् सदस्य सचिव शिवजी गुप्ताले शिक्षा क्षेत्रमा सुधार गर्न अभिभावक विद्यार्थी शिक्षक शिक्षिका उतिकै जिम्मेवारी हुनुपर्ने बताएका छन् । कसैले यो मेरो जिम्मेवारी होइन भन्छ भने त्यहीँबाट विद्यार्थीहरुको समस्या शुरु हुने भएकोले आ–आफ्नो जिम्मेवारीबाट हट्न नहुने गुप्ताको भनाइ रहेको छ ।उनले भने अहिले आफू मधेस प्रदेशको खेलकुद क्षेत्रमा रहेकोले खेलकुदका लागि खेलाडीहरुका निम्ति सहयोग अपेक्षा गरेकोे खण्डमा प्रदेश सरकार बाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थी कल्याणकारीणी परिषद्का निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि विशिष्ट अतिथिहरुले प्रमाणपत्र ब्याच वितरण गर्नुभएको थियो ।
गतवर्ष विभिन्न क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीहरु तथा प्रथम दोस्रो तेस्रो भएकाहरुलाई मायाको चिनो प्रमाणपत्रले सम्मानित गरिएको हो ।सपथग्रहण समारोह तथा वार्षिक पुरस्कार वितरण कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष हिरालाल गिरि,प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,केन्द्रीय परिषद् सदस्य डाक्टर हरिशंकर साह,प्याब्सन मधेस प्रदेशका सल्लाहकार इमामुदिन अहमद ,वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल ,NGOCC पर्साका अध्यक्ष इब्रहिम देवान ,प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, समाजबादी प्रेस संगठन मधेस प्रदेशका अध्यक्ष मनोज पटेल ,इनोभेटिम युथ सोसाइटीका अध्यक्ष कमल चौगाइ,मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव ,लगायतको विशेष उपस्थित रहेको थियो ।कार्यक्रमको स्वागत मनतब्य शिक्षिका प्रमिला निरौलाले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण सहप्राध्यापक अशोक संग्रोलाले गरेका थिए।
