वीरगञ्ज– बीरगंज महानगरपालिका–११ श्रीपुरस्थित हिमालयन पिरामिट कलेज (+२ साइन्स)द्वारा बुधबार आयोजित खुला रक्तदान कार्यक्रममा ७ महिला सहित ४० जनाले रक्तदान गरेका छन्। कलेज परिसरमै सम्पन्न उक्त रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक विद्यार्थीहरु उत्साहजनक सहभागितारहेको थियो।
रक्तदान कार्यक्रमको उद्घाटन कलेजका सञ्चालक समिति सदस्य मनोज केसरी र प्रविण सिंहले संयुक्त रूपमा रक्तदान गरेर उदघाटन गर्नुभएको थियो। कार्यक्रमलाई कलेजले सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्ने सन्देश दिएको सञ्चालक केसरीले बताएका छन्।
मधेश विश्वविद्यालयका रजिष्ट्रार विजय कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो खुल्ला रक्तदान कार्यक्रमले केवल मानवीय दायित्व नभई सामाजिक उत्तरदायित्वको प्रतिक भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो ,"हिमालयन पिरामिट कलेजले शिक्षा सँगसँगै समाजप्रतिको उत्तरदायित्व पनि पूरा गरेको छ। यस्तो अभियानले युवाहरूमा सेवा भावना र मानवता जागृत गर्न सहयोग पुर्याउँछ।” कलेजका सञ्चालक मनोज केसरीले बीरगंजमा हिमालयन पिरामिट कलेजले छोटो अवधिमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै भने, “हामी विद्यार्थीहरूको शैक्षिक गुणस्तर र नैतिक मूल्यमा ध्यान केन्द्रित गर्दै आएको छौं। यही कारणले यहाँका विद्यार्थीहरूले विभिन्न स्थानमा उत्कृष्ट अंक हासिल गरी उच्च शिक्षा हासिल गरिरहेका छन्।”
उहाँले थप भन्नुभयो कि,हाम्रो उद्देश्य केवल शिक्षा प्रदान गर्नु मात्र होइन, विद्यार्थीहरूलाई जिम्मेवार नागरिकका रूपमा तयार पार्नु पनि हो। त्यही अभियानअन्तर्गत हामीले रक्तदान जस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिनेछौं।” र कलेजका संचालक सदस्यहरु शिक्षक शिक्षिका विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो। रक्तदान कार्यक्रममा सहभागिता रक्तदातालाई प्रमुख अतिथि बिजय कुमार यादवले प्रमाणपत्र प्रदान गर्नुभएको थियो। रक्त सङ्कलन कार्यमा रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा हिमालयन पिरामिट कलेजमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो। रक्तदान गरेका रक्तदाताहरुलाई प्रमुख यादवले प्रमाणपत्र वितरण गर्नु भएको थियो। रक्तदान गर्नेहरु कलेजका संचालकदय मनोज केसरी ,प्रविण सिंह ,रितिक रोशन यादव ,शिवचन्द्र यादव ,बिजय कुमार यादव लगायत ४० जनाले रक्तदान गरेको कलेजका संचालक मनोज केसरीले जानकारी दिनुभएको छ।