राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) पर्सा जिल्ला समिति र वीरगंज महानगर समितिको संयुक्त आयोजनामा “बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” अन्तर–विद्यालय स्तरीय प्रतियोगिता शुक्रबार बीरगंज पब्लिक कलेजको नयाँ भवन, पानिटकीमा सम्पन्न भयो।
“Let All the National Private & Boarding Schools Be Unite” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। क्विज मास्टर छेडुप लामाले प्रतियोगिता सञ्चालन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने बताए। “शिक्षालाई गुणस्तरीय, अनुशासित र व्यवहारिक बनाउने उद्देश्यले महानगरले निरन्तर सहयोग गर्दै आएको छ। उनले भने।
प्रतियोगितामा पर्साका ११ विद्यालय सहभागी भएका थिए।विजेता विद्यालयहरू यसप्रकार छन् प्रथम : एन्जल इंग्लिस बोर्डिङस्कुल,द्वितीय : विधा सदन इंग्लिस बोर्डिङ स्कुल,तृतीय : लर्ड बुद्ध स्कुल बिजेता भएका थिए।
विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।भोलि घन्टाघरस्थित क्लासिक बैंक्वेटमा हुने प्रदेशस्तरीय प्रतियोगितामा आजका उत्कृष्ट भएकाहरूले सहभागिता जनाउनेछन्।
कार्यक्रम नेसनल प्याब्सन पर्सा जिल्ला समितिका अध्यक्ष रामकुमार श्रेष्ठ र महानगर समितिका नगर अध्यक्ष सोनालाल पटेलको संयुक्त अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा शिक्षाविद्, विद्यालय सञ्चालक, शिक्षक तथा अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन सुर्यानारायण बिकले गरेका थिए।