नेपाली काँग्रेसका युवा नेता एवं उद्योगपति अनिल रुँगटाले आफ्नो पार्टी निर्बाचनबाट कहिल्यै पनि नभाग्ने धारणा राख्नुभयो । उहाँले निर्बाचन लोकतन्त्तको प्राण भएको हुनाले यसलाई प्रयोग गर्ने कुरामा कहि पनि सन्देह छैन तर अपराधी र हतियार बाहिर राखेर हुने निर्बाचन भयरहीत हन सक्छ भन्ने कुरामा भने आशंका रहेको धारणा राख्नुभएको छ । नेपाली काँग्रेसका आर्थीक उप समितिमा समेत रहनु भएका रुगंटा बर्तमान अवस्थामा नेपाली काँग्रेसले नै देश र जनतालाई विश्वासमा लिएर अघि बढ्मा मात्र जटिलटता अन्त्य हुने कुरा बताउहुन्छ । संबिधान सभाका सदस्य रहिसक्नुभएका रुँगटा कांग्रस भित्रका बर्तमान अवस्थमा निर्बाचन अघि महाधिबेशन कि पछि भन्ने बिषय आपसि सहमतिमा बसेर निकास निकाल्नपर्छ भन्नुहुन्छ । यीनै बिबिध बिषयमा आधारित रहेर आगामी निर्बाचनमा प्रतिनिधी सभा सदस्यको उम्मेवारका रुपमा प्रबल दावेदारी समेत रहनुभएको नेता रुँगटासँग गरिएका कुराको संक्षेप
सरकारले फागुन २१ गतेको निर्बाचनको लागि कार्यतालिका नै प्रकाशित गरिसकेको छ तर तपाईहरु अर्झै महाधिबेशनको तिथि मितिमा र्नै अल्झिरहुनुभएको छ । एक महिना बित्यो तै पनि कुनै निर्णयमा पुग्न सकेन, नेका किन अनिर्णयको बन्दी बन्यो ?
हेर्नुहोस नेपाली काँग्रेस निकै लामो इतिहाँस बोकेको पार्टी हो, यसले कुनै पनि निर्णय आवेग र उत्तेजनमा गर्दैन नेपाली काँग्रेसलाई परिबर्तित अवस्थामा पुरै देश र विश्वले नियाली रहेको छ त्यसलै आन्तरिक रुपमा सृजना भएको समस्याका उपयुक्त निकास निकाल्न अनुभवबाट खारिएका हाम्रा नेताहरु सक्षम छन त्यसमा कुनै आशंका छैन । इतिहाँसबाट पाठ सिक्दै पुराना आदरर्णिय नेताहरुका अनुभव अत्मसाथ गर्दै नयाँ जोस र जाँगरलाई पनि समेटेर नेकाले नेपाली काँग्रैस जनको लागि सर्व स्वीकार्य निर्णयमा पुग्न केही बिलम्ब भएक्रै हा्े अव यसले निकास पाउँछ भन्ने कुरामा आशंका छैन । उता हाम्रा पार्टीका श्रद्धेय सभातिको घर जल्यो, घाइते हुनुभयो उहाँको उपचारमा पार्टी नेता कार्यकर्ता कति लाग्यौं ? थुप्र्रै नेता कार्यकर्ताको घर खरानीमा परिणत भयो उनीहरुको अवस्था के छ भनेर बुझ्ने प्रयास समेत हुन सकेको छैन यसको पनि समुचित अध्यायन हुनुपर्ने छ र उपयुक्त निकास निकाल्ने काममा पार्टी लाग्नुपर्छ ।
सरकारले त निर्वाचनको तालिका नै निकालि सक्यो नेका निर्बाचन केन्द्रीत किन हुन सकिरहेको छैन ?
नmेपाली काँग्रेस आफ्नै संगठनको काममा लागि परेको छ, पार्टीको नियमति गतिििबधि पनि निर्बाचनको तयारीको यौटा प्रकृया हो हाम्रो पार्टीको केन्द्रीय समितीको बैठक लम्बिएको कारण निर्बाचनको मुद्दा लिएर जनताको् घरमा जान केही दिन बिलम्ब भएकै हो संसदीय निर्बाचन अघि महाधिवेशन कि सबै शक्ति निर्बाचन केन्द्रीत गरेर जनताका बिवश्व जिती महाधिबेशनमा जाने भन्ने तिथी मितीका कारण भएको बिलम्बले अव शिघ्र निकास पाउँछ ।
उता नेकपा एमाले त बर्तमान सरकार नै असंबैधानीक भएको हुनाले यसले गरेको निर्बाचनको घोषणाको अर्थ नभएको भन्दै हिँडिरहेको छ यसको मतलब तपाइहरु पनि एमालेसँगै हिँडन् खोजेको हो भनेर बुझ्दा हुन्छ ?
होइन, हरेक राजनीतिक दलको आफ्नै प्रकारको नीति निर्णय हुन्छन नेका एमालेको निर्णयले चल्ने पार्टी होइन, यसको आफेनै प्रकारको दृष्टीकोण छन यसकै आधारमा अघि बढ्छ तर जेनजी आन्दोलपछि लुटिएका हतियार र जेलबाट भागेका अपराधीहरुलाई बहिरै राखेर हुने निर्बाचन भय रहीत हुन सक्दैन भन्ने कुरामा सबैको बीचमा एकरुपता होला । एमलेले बर्तमान सरकारलाई असंंबैधानीक भनिरहेको छ यो उस्कै निर्णय हो तर हाम्रो केन्द्रीय समितीको ब्रैठकले ठोेस धारणा ल्याउने अवस्थामा छ । जे भएपनि निर्बाचन लोकतन्त्रको आत्मा भएको हुनाले नेका बारम्बार जनताको बीचमा पुगेर परिक्षण हुन चाहान्छ भन्ने कुरामा कसैमा पनि बिमति छैन ।

तपाईको पार्टीको आन्तरिक द्धन्द निकै झँगिएको छ यसले निर्बाचन भैहाल्यो भने पनि फेरि काँग्रेसले काँग्रेस नै हार्ने त हो नि होइन ?
हेुर्नुस अव नेपाली काँग्रेसले कमि कमिजोरीबाट पाठ सिक्दै अव उप्रान्त आफुले आफ्ना उम्मेदवारलाई हराएर लोकतान्त्रिक गणतन्त्रको चीर हरण गर्ने पक्षमा छैनन । अरुले दलका उम्मेदवारले नेकाका केही नतो कार्यकताले सहयोग गर्ला र बाजि मारौंला भन्ने दिवा सपना अव कहिल्यै बिपना बन्दैन र इतिहाँस बर्तमान बन्दैन भन्ने कुरामा हामी ढुक्क र्नै छौ ।
अनि पर्सामा चारवटा निर्बाचन क्षेत्र छ कुन कुन जित्नुहोला ? चुनाव नहुञ्जेल जित्ने परिणामा आएपछि त हार स्वीकार्ने नै त होला नि र्हैन र ?
हेर्नुस पर्सा जिल्ला भनेको काँग्रेसका आधार किल्ला हो यसबाट मुलुक नै निर्देशित भएको हुन्छ बेला बखत भएका गल्तीबाट पाठ सबैले सिकेकै छन त्यसैले काँग्रसीजनले आफ्ना्े स्वभिमानको लागि पनि एकपटक काँग्रेस बाहेक अन्त्य कतै ध्यान जाँदैन भन्ने कुरामा आशंका नै छैन । हामी चारवटै निर्बाचन क्षेत्रमा आउने कुुनैपनि निर्बाचनमा जितेर पर्सा लोकतन्त्रको लागि प्रमुृख जिल्ला हो र त्यसको परिक्षण निर्बाचनमा नेपाली काँग्रेसका सबै उम्मेदवारलाई सानदार जिताएर गरिइन्छ भन्ने सन्देश छाडन मतदाताहरु आतुर छन ।
फेरि उम्मेदवार को बन्ने भन्ने रँडाको तपाइँको पार्टीभित्र खुबै झाँगिदै जान्छ अनि टिकट नपाउनेले पाउनेलाई त हराउनै पर्ला नि हैन ?
हैन गलत अव त्यो कहिल्यै आउँदैन र बिगत बर्तमान हुदैन काँग्रसीजनले आफ्नो स्वभिमान बचाउन र देशको अस्तित्व जोगाउन पनि अव कहिल्यै घात, उपर्घात र प्रतिघात गर्दैनन जस्ले टिकट पावस पार्टीको निर्णयलाई आत्मसाथ गरि अघि बढ्छन सबै काँग्रेस एक भएर देशलाई निकास दिनमा कुनै पनि कसर बाकी राख्ने छैनन ।

अनि त्यसो भए तपाई पनि उम्मेदवार हो कि आउने निर्बाचनमा ?
हरेक नेपाली काँग्रैसको लागि निर्बाचनमा उम्मेदवार बन्ने आकाँक्षा राख्नमा छुट छ यदि पार्टीले उम्मेदवार बनाउने ब्यक्ति टुँग्यायो भने पुन उम्मेवारलाई बोकेर हिँड्ने पुरानो परम्परा छ , त्यो लोकतान्त्रिक पद्धतीलाई सबिैले आत्मसाथ गर्छन नै । जहाँ सम्म मेरो कुरा हो म नेकाका सिपाइ हो पार्टीले कुनै पनि मैदानमा खटायो भने त्यसलाई आम्साथ गर्ने मेरा स्वभाव हो त्यसकै कारण अहिले म उम्मेदवार बन्दा सबैको नेता कार्यकर्ता र बिशेष गरि बीरगंजमा हरेक पेशा र ब्याबसायीहरुको आत्मसम्मन माथि उठ्ला कि भन्ने विश्वास छ त्यसालई आत्मासाथ गरि आगामी निर्बाचनमा मैले पनि उम्मेदवार बन्ने आकाँक्षा राख्नु स्वभाबिक नै छै यसमा अन्यथा के होला र ?
अनि तपाईले टिकट पाउने आधार के छ ?
म कसैलाई पनि गलत गरियो भन्ने अवस्था आउन दिने पक्षमा छैन । हरेक जाती, भाषा, धर्म, संस्कृति सम्प्रदाय र उमुदायको हित हुने काममा ध्यान केन्द्रति हुने छ यसको मतलत अरु निर्बाचत भएर आएको खण्डमा पनि त्यो अवस्था म बाट सृजित हुने कुरामा बिश्वास पनि दिलाउन चाहान्छु । बीरगंजमा तमाम खालको समस्या र चुनौति छन उद्योग धन्दा र आर्थिक क्रियाकलाप चौपट बनेको छ, बिकास र पुर्वाैधार पछाडि परेका छन जनताको आधारभुत आवश्यकता ओझेलमा परेका छन , शुसाशन हुन सकेको छैन गरिब र धनी बीचको खाडल झन बिकराल बन्दै छ , आधुनकि बीरगंज, सबैले गर्व गर्न लायक बीरगंज र पर्सा जिल्ला बिकसित जिल्लाको रुपमा उदाहरणीय बनाउन नेकाको जित आवश्यक छ त्यसमा पनि म यौटा प्रतिनिधीको रुपमा यी मुर्छित सपना पुरा गराउनु आतुर छ ।