वीरंजग : बारा सिमरा क्षेत्रमा उत्पन्न तनावपछि बारामा आज करिब साढे ८ घण्टाका लागि कर्फ्यु आदेश जारी गरिएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरामा स्थानीय प्रशासनले कर्फ्र्य आदेश जारी गरेको हो ।
बुधबार नेकपा ९एमाले० युवा पक्ष र जेन्जीबीच झडप भए पछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा राख्न स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। अहिले साढे १२ बजेदेखी राती ८ बजेसम्मकालागि कर्फयू आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधीकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी सूचनामा उल्लेख छ ।
गण्डग नहर देखी पथलैया राजमार्गको ५०० मिटर बरिपरि सम्मर सीमरा बिमान स्थलको ५०० मिटर वरिपरि सम्म कर्फूर्य आदेश जारी भएको हो ।
कहाँ कहाँ कर्फ्यु ?
जारी सूचनाअनुसार कर्फ्यु आदेश यस क्षेत्रमा लागू हुनेछ—
गण्डक नहरदेखि पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ ५०० मिटर
सिमरा विमानस्थलको वरिपरि ५०० मिटर क्षेत्र
प्रशासनले भीडभाड, विरोध, जुलुस, सभा, बैठक, धर्ना तथा कुनै पनि प्रकारका गतिविधि तत्कालका लागि पूर्णरूपमा निषेध गरेको छ।
कर्फ्यु अवज्ञा गर्नेविरुद्ध कानुनअनुसार कडा कारबाही हुने चेतावनी समेत जारी गरिएको छ ।
तनावग्रस्त अवस्था भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ
भने स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको जनाएको छ।