नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले बारा सिमरा क्षेत्रमा भएको झडप र त्यसपछि उत्पन्न तनावका घटनामा सरकारले गम्भीर लापरबाही देखाएको आरोप लगाएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले सरकारले नेताहरूलाई सभा–कार्यक्रममा जान नै रोक्ने वातावरण बनाएको आरोप लगाउँदै आगामी निर्वाचनको तयारी र सुरक्षा प्रबन्ध नै शंकास्पद देखिएको टिप्पणी गरे।
अध्यक्ष ओलीले सरकार एकातिर राजनीतिक दलहरूलाई बोलाएर चुनावबारे छलफल गरिरहेको तर अर्कोतर्फ एमाले नेताहरूको कार्यक्रममा जान नपाउने वातावरण सिर्जना भएको बताए। “सरकारले आज चुनावबारे छलफलमा बोलायो, उता बारामा जेनजीका नाममा केही विद्वान्हरूले ढुंगामुढा, तोडफोड गरेर एयरपोर्ट नै बन्द गराए। हाम्रो सभा बिथोलिए। प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु— यस्तो अवस्थामा कस्तो चुनाव गराउन खोज्दै हुनुहुन्छ” ।
ओलीले आरोप लगाए कि योजनाबद्ध रूपमा समूह परिचालन गरी नेताहरूलाई लक्षित गरेर आक्रमण गरिएको हो, जसमा प्रशासनले समयमै नियन्त्रण नलिएको दाबी छ। अध्यक्ष ओलीले वर्षौंदेखि मधेश क्षेत्रमा भइरहेका अराजक गतिविधिहरूको उदाहरण दिँदै अहिलेको बारा घटना पनि सोही निरन्तरता भएको आरोप लगाए। “गत भदौ २३ र २४ मा वीरगन्ज र बारा जलाउने अपराधीहरूलाई कारबाही नगरेकाले उनीहरूको मनोबल झन् बढेको छ। उनीहरू नै फेरि भेला भएर एमालेमाथि आक्रमणमा उत्रिएका छन्।” उनले प्रशासन र सरकारले अपराधीमाथि कडा कदम नचलाउँदा अशान्ति बढ्दै गएको उल्लेख गरे।
ओलीको भनाइमा, सीमित संख्यामा आएका व्यक्तिहरूको भीडले सरकारी निकायको उपस्थितिमा नै ‘एयरपोर्ट जस्तो संवेदनशील संरचना’ बन्द गराउन सक्नु राष्ट्रको सुरक्षामै ठूलो सवाल हो। “एयरपोर्टमै तोडफोड गर्न दिइयो, देश कस्तो भयोरु ५०–६० जना आएर एयरपोर्ट बन्द गराइदिनेरु जति बेला चाह्यो, जेनजी भन्यो, एयरपोर्ट बन्द। ओलीले बारम्बार अपराधी समूहहरूको क्रियाकलाप नियन्त्रण गर्न एमालेले आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए। “अपराधीहरू पर्वताजस्तै हिँडिरहेका छन्। न कारबाही हुन्छ, न त छानबिन। सरकारले अपराधीलाई रोक्ने हिम्मत देखाएको छैन।”
कार्यक्रमका क्रममा ओलीले मेडिकल व्यवसायी तथा विवादास्पद अभियन्ता दुर्गा प्रसाईंलाई रातिको समयमा घरमै छिरि पक्राउ गरिएको विषयमा पनि सरकारप्रति आक्रोश व्यक्त गरे।“भिडियो बनाउँदैमा मध्यरातमा गएर समात्नेरु बिहान समाते पनि हुन्थ्यो नि१ तमासा किन देखाइयोरु गिरफ्तारी गरेर मुख बन्द गराएर समस्या समाधान हुन्छ । ओलीले सरकारले कानूनको दुरुपयोग गर्दै विपक्षी वा असन्तुष्ट व्यक्तिलाई लक्षित गरेको आरोप लगाए।
ओलीको तीव्र प्रहारपछि राजनीतिक वृत्त तथा सुरक्षा क्षेत्रका विज्ञहरूले पनि बाराको घटनाले सुरक्षा व्यवस्थाको कमजोरी उजागर गरेको टिप्पणी गरिरहेका छन्। बुधबारको भिडन्तपछि बारा प्रशासनले साढे ८ घण्टाका लागि कर्फ्यु आदेश जारी गर्नुपरेको छ, जसले स्थिति कति तनावपूर्ण बन्यो भन्ने देखाउँछ।