बीरगंज १४ माघ- बिगतका दिनमा सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा स्थापित मधेश केन्द्रीत दल अहिले बिस्तारै पर्सा जिल्लामा खम्चिँदै जान थालेको छ । बारम्बरको फुट र बिभाजके सिकार बनेको फोरम यताका दिनमा पर्साका चारवटा क्षेत्र मध्ये त कतिपय निर्बाचन क्षेत्रहरुमा प्रभावशाली उम्मेदवारको अभावमा आफ्नो उपस्थिती जनाउन मात्र केन्द्रीत रहेको अनुमान लगाउन थालिएको छ । आउँदो फागुन २१ हुने आम निर्बाचनमा पनि खासै रुपमा मधेश केन्द्रीत राजनीतिक दलले हस्तक्षेपकारी भूमिका निर्बाह गर्ने सम्भावना क्षीण बन्दै जान थालको छ । बारम्बार दल बिभाजन र यसको नेतृत्व गर्ने नेताहरु नै दलबदलु भएपछि यो दूर्गतीमा पुग्नु परेको कुरा मधेशबादी राजनीतिक दलका कार्यकर्ता बताउँछन ।
पर्सामा मधेश आन्दोलनलाई उचाइ दिन कुनै कसर बाँकी नराखेका बर्तमान एमाले पर्सा जिल्ला निर्बाएचन क्षेत्र नम्बर १ का उम्मेदवार २ पटकसम्म मधेशबादी दलको तर्फबाट चुनाव जितेको भएपनि यो निर्बाचनमा भने उपन्द्रे निर्बाचन लड्नको लागि टिकट नदिएर राम नरेश यादबलाई टिकट दिएपछि उनी फुत्ते एमाले प्रबेश गर्ने बित्तिकै टिकट हात पारेर अहिले एमालेको नेता बन्न सफल भएका छन भने पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेदवर बनेर एमाले नेता कार्यकर्ताहरुको विश्वास जितेर चुनबी माहौल निर्माण गर्ने अभियानमा छन । उनी एमाले प्रबेश संगै बीरगंज महानगरपालिकाको प्रमुख राजेशमान सिँह र आधा दर्जन भन्दा बढी वडा अध्यक्ष, जिल्ल समन्वय समितीका प्रमुख, पुर्ब जिल्ला समन्वय समितीका प्रमुख र केही पालिकाको प्रमुख समेत एमाले प्रबेश गरेको भएपनि जसरी चुनावी रन्कोले पर्सा १ जुरुक्क उठ्नु पर्ने थियो त्यो अझै हुन नसकेको बताइन्छ ।
जसपा नेपालले पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर २ मा ब्यापरिक पृष्ठभूमिका ब्यत्ति अशा्ेक टेमानीलाई उम्मेदवार बनाएको भएपनि उनलाई पर्साको राजनीति बुझ्न निकै कठन र फलामको च्युरा चबाउनु बराबरको भएको कुरा राजनीतिक पर्यबेक्षकहरु बताउँछन । आफु सबै पक्षको विश्वास लिएर चुनावका जित हाल पार्ने प्रतिक्रिय दिएपनि फोरम आएको दरार र बारम्बरको मधेश मुद्दा भन्दा पनि सत्ता प्राप्तीको मुद्दालाई प्राथामिकता दिन प्रबृत्ति हाबी भएकोले जनता बुझाउन जटिल बनेको कुरा फोरमका कार्यकर्ता बताउँछन । प्रदिप यादबसँग निकै निकटता रहेको सुशिल कुमार अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पर्सा २ को उम्मेदवार बनेको हुनाले उनको उम्मेदवारी फोरमको लागि निकै ठूलो धक्का हुने कुराको चर्चा समेत यतिबेला गर्न थालिएको छ ।
उता पर्सा जिल्लाको निर्बाचन क्षेत्र नम्बर ३ मा जसपा नेपालले उम्मेदवारको खडा गरेको नागेन्द्र यादब राजनीतिक रुपमा खासै अहिले चर्चा बटुल्न सफल हुन नसकेको बताइन्छ भने यी सबैको फाइदा उही पुरानै राजनीतिक दलका उम्मेदवारहरुले लिन सक्ने अनुमान लगाउन थालिएको छ । पर्सा कै निर्बाचन क्षेत्र नम्बर ४ मा डाक्टर कृपासिन्धु चौधरीलाई फोरम नेपालले आफ्नो उम्मेदवार बनाएको भएपनि उनले त्यहाँका मतदातालाई कसरी आकर्षित गर्छन अहिले नै अनुमान नलाउन कठिन बन्दै गएको छ । नेपाल बिद्यार्थी संघको राजनीतिक बिचारधारा नजिग रहेको चौधरी हालैमात्र फोरम नेपालमा प्रबेश गरि टिकट लिन सफल भएका थिए । यद्यपी संसदीय राजनीतिमा उनको पहिलो उपस्थिति हुनु र मधेश केन्द्रीत राजनीतिक दलहरु बारम्बार अलग थलग हुनुले त्यसको सकारामत्क परिणाम भन्दा पनि नकारात्मक परिणाम तर्फ मतदाता बाँटिने कुरामा आशंका नरहेको कुरा पर्साका मतदाताहरु बताउन थालेका छन ।
अझ कतिपय मधेशवादी राजनीतिक दलले त पर्सा जिल्लाको ४ वटा निर्बाचन क्षेत्र मध्ये सबैमा जन प्रभावी उम्मेदवार नपाएको हुनाले क्षेत्र समेत खाली बनाइदिएर अरु प्रमुख राजनीतिक दलहरुलाई मैदान खालि गरिदिएको देखिन्छ । अशोक राईले नेतृत्व गरेको दल,राजेन्द्र महतोको दल, राष्ट्रिय उन्मुक्ती पार्टी, लगायतले ठाउँठाउँमा गठबन्धन गर्दा समेत उम्मेदवार लडाउन नसकेको बताइन्छ ।