पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर २० अपौनी–हारपतगञ्जमा भेटघाट, संवाद, घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले नेपाली कांग्रेस, एमालेलगायत ठुला दलहरूले षड्यन्त्रपूर्वक वीरगञ्ज र पर्साको विकासप्रति सधैं बेइमानी गर्दै आएको आरोप लगाउनुभयो। मधेस आन्दोलन र जेन्जी आन्दोलनका क्रममा निर्दोष युवाहरूको हत्या गरिएको स्मरण गर्दै उहाँले वीरगञ्जलाई केवल राजस्व असुल्ने साधनको रूपमा प्रयोग गरिएको बताउनुभयो।
उम्मेदवार सरार्फले वीरगञ्जमाथि भइरहेको विभेद अन्त्य गर्दै जनताको हक र न्यायका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। देश र मधेसको निकासका लागि स्पष्ट र उत्कृष्ट भिजन जनमत पार्टी र डा। सीके राउतसँग मात्रै रहेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा ‘हर्न’ छापमा मतदान गर्न मतदातासमक्ष अपिल गर्नुभयो।
कार्यक्रममा नेताहरू बिध्या गुप्ता, रम्भा मिश्रा, भुपेन्द्र साह, डा। मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकि, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अन्जना गुप्ता, बबिता पुडासैनी, नरेश राम, सत्युग साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।