चिल्ड्रेन वाल्ड बोडिङ्ग स्कुलको वार्षिक उत्सव भब्यरुपम सम्पन्न भएको छ। बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको उक्त स्कुलको वार्षिक उत्सव समारोहमा बीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै लामिछानेले निजी क्षेत्रको दीर्घकालीन रूपमा समाधान गर्ने भए पनि नर्सरीमा भर्ना भएको विद्यार्थीको सङ्ख्या र एसइइ दिने बेलाको संख्यामा धेरै फरक हुने गरेकोले बीचमा जुन विद्यार्थी ड्रप आउट हुने गरेको छ त्यसको यकिन गर्न जरुरी रहेको बताएका थिए।

मधेस प्रदेशको शिक्षाको सुचाङ हेर्ने हो भने पर्सा जिल्ला शिक्षा क्षेत्रमा धेरै अगाडि रहेको चर्चा गर्दै यसमा सबै अभिभावक निजी विद्यालयका सञ्चालक एवं तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकले के कारणले विद्यार्थीहरूले बीचमा विद्यालय छोड्नुपरेको भन्ने बारेमा यकिन रुपमा खोज्न जरुरी रहेको बताएका हुन्। लामिछानेले निजी विद्यालयमा अध्यापन गराइरहेका अभिभावकहरूले समयमा आफ्नो नानीहरूको शुल्क बुझाएको खण्डमा विद्यालयको प्रगति हुनुको साथै शिक्षामा गुणस्तरमा वृद्धि हुने भएकोले अभिभावकहरूलाई सुझाव दिँदै यसले विद्यालयको भौतिक संरचनादेखि शिक्षक शिक्षिकाहरूको आधारभूत क्षमतामा वृद्धि हुने बताएका छन्।

यस विद्यालयले पहिलाभन्दा अहिले धेरै सुधार गर्दै शिक्षा क्षेत्रमा अगाडि बढाइरहेकोमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले प्रशंसा गर्दै आगामी दिनहरूमा समेत अगाडि बढ्दै जान सुझाव दिनुभएको थियो। प्याप्सनले विद्यार्थीहरूको गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा समेत अहम भूमिका खेल्दै आइरहेकोमा यस विद्यालयको पनि राम्रो उपस्थिति रहेको चर्चा गर्नुभएको हो।
त्यसैगरी प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले विद्यार्थीहरूको एक्टिभिटीमा उल्लेखनीय योगदान पुर्याउने काम हुने गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिँदै शुभकामना दिनुभएको छ। विद्यालय स्थापना भएको लामो समय भएपनि सञ्चालक समितिहरू फेरबदल भएका कारण अहिलेका विद्यालयका प्रिन्सिपल सुमनदास र सिम्रनदासले आफ्नो जिम्मेवारी सम्हालेदेखि विद्यालयको उपलब्धि हुँदै आइरहेको चर्चा समेत गर्नुभएको थियो त्यसैगरी प्याप्सनका वरिष्ठ सल्लाहकार आलोक चौरसियाले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा उल्लेखनीय उपलब्धि हासिल गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिनुभएको थियो।

त्यसैगरी प्याप्सन महानगर सचिव अमित आलोकले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि भएको र विद्यार्थीहरूले विभिन्न प्रकारका खेलकुदहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकोमा प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी रुपमा अगाडि बढ्न सुझाव दिनुभएको थियो। उनले भने अभिभावकहरूले विद्यार्थीहरूको भावना अनुसार अगाडि बढ्न आवश्यकता रहेको र उनीहरूको हेरचाहनामा केन्द्रित हुन सुझाव समेत दिनुभएको थियो।
यसैगरी प्याप्सनका वरिष्ठ उपाध्यक्ष सुशिला शाहले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा अब्बल प्रस्तुति गरेकोमा आफूलाई धेरै खुसी लागेको र आगामी दिनहरुमा समेत थप योभन्दा पनि उपलब्धि हासिल गर्न सुझाव दिनुभएको छ। चिल्ड्रेन वल्ड बोडिङ्ग स्कुलका प्रिन्सिपल सुमन दासको सभापतित्वमा सम्पन्न सो वार्षिक उत्सव कार्यक्रममा प्याप्सनका जिल्ला कार्यसमिति सदस्य मञ्जुराना रानाभाट प्याप्सनका पूर्व उपाध्यक्ष शिवजी गुप्ता प्याप्सनका नगर उपाध्यक्ष शर्मानन्द कुशवाहा कोषाध्यक्ष सुरज बाबु पटेल सदस्य विजयबल विद्यालयका डाइरेक्टर सिम्रन दास लगायतले आआफ्नो धारणा एवं शुभकामना दिनुभएको थियो। विद्यालयको वार्षिक उत्सव समारोहमा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्नुका साथै वर्षभरि उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्रले सम्मानित गरिएको जानकारी डाइरेक्टर सिमरन दासले दिएकी थिइन्। कार्यक्रमको सहजीकरण पत्रकार राजेन्द्र नेपालीले गरेका थिए।