वीरगञ्ज– Mahindra & mahindra अन्तर्गत नेपालका लागि आधिकारिक वितर Agni Incorporated Pvt. Ltd. ले नेपाली बजारमा नयाँ पिक–अप गाडी ‘बोलेरो म्याक्स पिक–अप एचडी’ सिरिज एक समारोहको बीच बीरगंज उद्योगवाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले सार्वजनिक गर्नुभएको छ। उनले भने यो महेन्द्र कम्पनीको गाडीहरू धेरै विश्वासिलो रहेकोले यसबाट कसैले पनि नहिच्किचाउने र त्यसले सबैलाई विश्वासमा लिन सफल भएको बताएका हुन् । अध्यक्ष गौतमले बताए अनुसार किसानहरूको र सामानहरू ढुवानी गर्ने भरपर्दो माध्यमको रुपमा यो महेन्द्र कम्पनीको पिकअपले बजारमा राम्रो आफ्नो छाप छोड्न सफल भएकोमा धन्यवाद दिँदै यसकम्पनीले आज देखि एचडी १.७ र एचडी २.० गरी दुई भेरियन्ट बजारमा बिक्री वितरणका लागि ल्याइएकोमा खुसी व्यक्त गर्दै किसानहरुका लागि सबै भन्दा धेरै राम्रो भएको बताए। कम्पनीका branch incharge बसन्त बाबु सरार्फले बताए अनुसार आज खरिद गर्ने व्यक्तिहरूलाई रु ३५ हजार छुट रहेको जानकारी दिनुभएको छ।
कम्पनीले सार्वजनिक गरेको यी गाडीहरू विशेषगरी व्यवसायिक प्रयोजनलाई लक्षित गरी डिजाइन गरिएको बताएको र यो मुख्य रूपमा ग्रामीण तथा सहरी दुवै क्षेत्रमा सामान ढुवानी सहज बनाउन सक्ने गरी मजबुत संरचना, उच्च लोड क्षमता र किफायती इन्धन खपतका विशेषताहरू यसमा समावेश गरिएको इन्चार्ज सराफले बताएका हुन्। उनले बताएअनुसार बोलेरो म्याक्स पिक–अप एचडी २.० मा करिब ३०५० मिलिमिटर लामो कार्गो बेड रहेको छ भने यसले २ टनसम्म भार बोक्न सक्ने क्षमता राख्छ। यसमा बलियो च्यासिस, उन्नत सस्पेन्सन प्रणाली, सुरक्षित ब्रेकिङ सिस्टम तथा टिकाउ निर्माण प्रयोग गरिएको कम्पनीले जनाएको छ। कठिन सडक अवस्था र लामो दूरीका लागि यो मोडल उपयुक्त हुने विश्वास गरिएको छ।
त्यस्तै, बोलेरो म्याक्स पिक–अप एचडी १.७ मा करिब १७०० केजीसम्म भार बोक्ने क्षमता रहेको छ। यो मोडल साना तथा मध्यम व्यवसायका लागि उपयुक्त मानिएको छ। यसमा आरामदायी सिट, राम्रो माइलेज, मजबुत डिजाइन तथा कम मर्मत खर्च जस्ता विशेषताहरू रहेका छन्।
कम्पनीका अनुसार यी गाडीहरू नेपाली भौगोलिक अवस्था, उकालो–ओरालो सडक तथा कठिन मार्गलाई ध्यानमा राखेर निर्माण गरिएको हो। कृषिजन्य उत्पादन ढुवानी, निर्माण सामग्री ओसारपसार तथा दैनिक व्यवसायिक कार्यमा यी गाडी उपयोगी हुने बताइएको छ।
नेपालमा बोलेरो म्याक्स पिक–अप एचडी १.७ को मूल्य करिब रु. २९ लाख ९५ हजार र एचडी २.० को मूल्य करिब रु. ३२ लाख ९५ हजार निर्धारण गरिएको छ।
कम्पनीले यस नयाँ सिरिजमार्फत नेपाली बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ। साथै, ग्राहकलाई भरपर्दो, टिकाउ र किफायती सवारी उपलब्ध गराउदै आइरहेको समेत बताएका छन्। कार्यक्रमको उद्घाटन समारोहमा महेन्द्र कम्पनीका गण्डकका महेश कुमार अधिकारी कबभिक जबम लक्ष्मण राय तथा सञ्चारकर्मी व्यवसायहरू र कम्पनीका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण अन्भेसा थापा मगरले गरेकी थिइन्।