केपी ओली सरकारले नियुक्ति गरेका भारत, अस्ट्रेलिया, श्रीलंका, साउथ कोरिया, डेनमार्क, र साउथ अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको हो । सरकाले राजनीतिक कोटाबाट नियुक्ति पाएका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ । केपी ओली सरकारले नियुक्ति गरेका भारत, अस्ट्रेलिया, श्रीलंका, साउथ कोरिया, डेनमार्क, र साउथ अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको हो ।
ओली सरकारले ३४ वटा मिसनहरु मध्ये १७ मा राजनीतिक कोटाबाट नियुक्त गरेको थियो । सुशीला कार्की नेतृत्वको सरकारले गत कात्तिकमा राजनीतिक कोटाबाट नियुक्ति पाएका ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउँदा ६ देशका राजदूतहरु फिर्ता बोलाइएका थिएनन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले राजदूत फिर्ता बोलाउने निर्णय भएको पुष्टि गरेका छन् । उनले फिर्ता बोलाइएका राजदूतहरुलाई एक महिनाभित्र फर्किने सोमबार पत्राचार भइसकेको बताए ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकरप्रसाद शर्मा-भारत, चित्रलेखा यादव-अस्ट्रेलिया, पुर्णबहादुर नेपाली-श्रीलंका, शिवमाया तुम्बाहाम्फे-दक्षिण कोरिया, सुम्निमा तुलाधार-डेनमार्क र कपिल श्रेष्ठ -साउथ अफ्रिकालाई फिर्ता बोलाएको हो ।