१९ जेष्ठ वीरगन्ज । प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योती स्कुलको सहकार्यमा वातावरण दिवस २०८३ को पुर्वसन्ध्यामा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत मंगलबार ब्यापक सरसफाइ एवं जनचेतनामुलक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । बिरगंज ९ रानिघाट स्थित जिवनज्योती स्कुल प्राङ्गणबाट गल्ली , सडक हुँदै घन्टाघर सम्मको गल्ली,सडक र पेटिमा सरसफाइ गर्दै घण्टाघर सम्म र त्यसपछि बिरगंज चिनिमिल आवासक्षेत्रमा स्थित प्रख्यात पशुपतिनाथ मन्दिर प्राङ्गणमा व्यापक सरसफाइ गर्दै जनचेतना फैलाएको हो ।
आजको सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा जिवन ज्योती स्कुलका संचालक मिनाक्षि कर्माचार्य गुप्ता, प्रधानाध्यापक शिव गुप्ता , समाजसेवी भगवान श्रेष्ठ , बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,प्रतिष्ठानका सहसचिव अभिनाश झा ,सदस्य रुअ नारायण सिंह ,केदार गुप्ता ,भोला प्रसाद , सन्चारकर्मी आकाश पटेल ,शिक्षक दिपा थापा,चन्दन सिंह एवं कक्षा ९ र १० का विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा स्कुलका प्रधानाध्यापक गुप्ताले प्रकृति बिना पृथ्वी एवं मानव जीवनको कल्पना पनि गर्न नसकिने भएकोले हाम्रो आसपासको क्षेत्रलाई आफैले सफा सुग्घर बनाएर प्रकृति को सम्मान गर्न सिक्यौ भने हामीहरु पनि स्वस्थ रहन सक्छौं, भन्दै प्रकृति सेवा प्रतिष्ठान परिवार र सहभागीहरु लाई धन्यवाद ब्यक्त गरेका थिए ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष सिंहले यस वर्षको कार्यक्रम जीवन ज्योती स्कुलको सहकार्यमा जेष्ठ १८, १९, २०, २१, २२ गते बिहान ६ बजे देखि विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम मार्फत प्रकृति प्रति हाम्रो जिम्मेवारी लाई व्यापक रुपमा सचेतना मुलक कार्यक्रमको आयोजना गरि जनजागृती फैलाउने र प्रकृति प्रती सम्मान गर्ने उद्देश्यले आज हामी विद्यालय देखि घण्टाघर र त्यसपछि पशुपतिनाथ मन्दिर प्राङ्गण को मुख्य सडक , चौक, पसल एवं टोलको भित्री भागमा बाटो घर पसल ,मन्दिर छेउछाउमा सरसफाइ गर्दै त्यहाँका स्थानिय ,श्रद्धालु भक्तजनहरु लाई सरसफाइ प्रति सजग रहन जानकारी गराएको बताए । सरसफाइको क्रममा विद्यार्थीहरुले कहि व्यंग्य त कहि मार्मिक रुपमा हासिखुशी सरसफाइको महत्व बारे सम्झाउँदै प्रकृति प्रति सम्मान गर्न आग्रह गरेको देख्दा मन निकै खुशिको साथ भावुक पनि भएको भन्दै सहभागी सम्पुर्ण विद्यार्थीहरु, प्रधानाध्यापक ,शिक्षक हरु एवं प्रतिष्ठानका पदाधिकारी सदस्यजन प्रति आभार ब्यक्त गरेका थिए ।