दिपेन्द्र जयसवाल
बाराको महागढीमाई नगरपालिका को १०औँ नगरसभा सम्पन्न भएको छ। नगर प्रमुख उपेन्द्र प्रसाद यादव को अध्यक्षतामा सम्पन्न नगरसभाले आर्थिक वर्ष २०८३र८४ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ।
नगरसभामा नगर प्रमुख यादवले आगामी आर्थिक वर्षका लागि कुल ७२ करोड ८२ लाख ३४ हजार रुपैयाँको बजेट सभासमक्ष प्रस्तुत गरेका थिए। प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको जनाइएको छ।
कार्यक्रमका अवसरमा नगरपालिकामा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कर्मचारी, जनप्रतिनिधि तथा यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा उत्तीर्ण विद्यार्थीहरूका अभिभावकलाई सम्मान गरिएको थियो।
नगरसभामा सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत भेषराज रिजाल, नगर उपप्रमुख तारा देवी कानु तथा वडा नं। १ का अध्यक्ष मनोज गुप्ता, वडा नं। २ का अध्यक्ष विश्वना प्रसाद कुशवाहा, वडा नं। ३ का अध्यक्ष उपेन्द्र प्रसाद जयसवाल, वडा नं। ४ का अध्यक्ष मनोज कुमार जयसवाल, वडा नं। ५ का अध्यक्ष तथा नगर प्रवक्ता गजेन्द्र कुमार जयसवाल, वडा नं। ६ का अध्यक्ष गेनालाल यादव, वडा नं। ७ का अध्यक्ष शिवेन्द्र प्रताप सिंह, वडा नं। ८ का अध्यक्ष ओहाब अन्सारी, वडा नं। ९ का अध्यक्ष दिलीप शुक्ला, वडा नं। १० का अध्यक्ष चन्दन कुमार तथा वडा नं। ११ का अध्यक्ष अर्जुन बण्ठा लगायत जनप्रतिनिधि, कार्यपालिका सदस्य, शाखा प्रमुख, वडा सचिव, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख रामविश्वास चौरसिया ले गरेका थिए।