लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीको वर्ष २०२५/२६ को पद हस्तान्तरण तथा वर्ष २०२६/२७ को पदभार ग्रहण कार्यक्रम शनिबार वीरगञ्जस्थित होटल मकालुमा सम्पन्न भएको छ।
क्लबका अध्यक्ष लायन उमेश कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिस्ट्रिक्ट गभर्नर–इलेक्ट (डीजीई) एमजेएफ लायन राम बिहारी पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ का मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बसु तिमल्सिना, डिष्ट्रिक्ट एक्जिक्युटिभ को–चिफ तथा क्लबका चार्टर प्रेसिडेन्ट एमजेएफ लायन अशोक कुमार बेरीवाल, एरिया चिफ लायन रमेश्वर प्रसाद गुप्ता, जोनल चेयरपर्सन लायन डा. लक्ष्मी थापा, भारतको रक्सौल लायन्स क्लबका अध्यक्ष लायन बिमल सर्राफ तथा लायन पूनम सर्राफ, गाइडिङ लायन नारोत्तम पाण्डेलगायत विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चार्टर प्रेसिडेन्ट एमजेएफ लायन अशोक कुमार बेरीवालले क्लबले छोटो समयमै सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सफल भएको बताए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्ता र अध्यक्ष–निर्वाचित लायन पिया सिंहबीच क्लबको मिनेट बुक तथा आवश्यक कागजात हस्तान्तरण गरी औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष लायन पिया सिंहले आगामी कार्यकालका लागि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा मानवीय सेवालाई प्राथमिकतामा राखेर प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिन्। साथै, सदस्यता विस्तारलाई प्राथमिकता दिँदै नयाँ कार्यसमितिको गठन गरिएको जानकारी दिइन्।
नयाँ कार्यसमितिमा अध्यक्षमा लायन पिया सिंह, प्रथम उपाध्यक्षमा लायन अंकित चौरसिया, द्वितीय उपाध्यक्षमा लायन प्रभात आनन्द सिंह, तृतीय उपाध्यक्षमा लायन रबीन श्रेष्ठ, सचिवमा लायन नेल्सन भण्डारी, सहसचिवमा लायन प्रसिद्धि आनन्द सिंह तथा कोषाध्यक्षमा लायन खुशबू गुप्ता चयन भएका छन्। सदस्यहरूमा लायन श्वेता गुप्ता, लायन कोमल गुप्ता, लायन श्रुति गुप्ता, लायन नवनीता सिंह र लायन संजना बरनवाल रहेका छन्।
कार्यक्रममा जोनल चेयरपर्सन लायन डा. लक्ष्मी थापा, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बसु तिमल्सिना, मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल तथा प्रमुख अतिथि डीजीई एमजेएफ लायन राम बिहारी पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दै क्लबले सामाजिक सेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
यस अवसरमा अध्यक्ष–निर्वाचित लायन पिया सिंहले निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्तालाई सफल कार्यकालको सम्मानस्वरूप ‘टोकन अफ लभ’ प्रदान गरेकी थिइन्।
कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्ताले सम्पूर्ण अतिथि, लायन सदस्य, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आफ्नो कार्यकालमा प्राप्त साथ, सहयोग र विश्वासका लागि धन्यवाद ज्ञापन गरे।
कार्यक्रमले क्लबको नेतृत्व हस्तान्तरणसँगै आगामी कार्यकालका लागि नयाँ ऊर्जा, उत्साह र सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।