काठमाडौँ । नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा राईले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाए ।
‘प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखियो, तर निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भन्ने मन्त्री र प्रहरीलाई सडकमा घिसार्छु भन्ने सांसदलाई किन कारबाही हुँदैन रु ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म रु,’ राईले भने । उनले नागरिकलाई सच्याउने मौका दिनुपर्ने तर राज्यले प्रतिशोध लिन नहुने बताए ।
सरकारको कार्यशैलीले मुलुकमा लोकतन्त्रको साटो अराजकता मौलाउँदै गएको भन्दै संसद्मा उनले ध्यानाकर्षण गराए । प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र सरकारको दोहोरो मापदण्डप्रति पनि राईले आपत्ति जनाए ।
सांसद राईले नियम र कानुन सबैका लागि बराबर हुनुपर्ने बताए । ‘जब लोकतन्त्रमा नियम मानिँदैन वा एकथरीलाई मात्र नियम लाग्छ, त्यहाँबाट अराजकता सुरु हुन्छ । अहिले संसद् र सरकार बिस्तारै त्यही दिशातर्फ उन्मुख भएको देखिन्छ,’ राईले भने । उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर आफ्ना अभिव्यक्तिबारे स्पष्टीकरण दिन सभामुखसँग रुलिङको माग गरे ।
सांसद राईले सुर्खेतको जिल्ला प्रशासन कार्यालयमा बुद्धको मूर्तिलाई चेन ९साङ्लो०ले बाँधेर राखिएको घटनाप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराए । ‘मान्छेलाई थुनेको त देखिएको थियो, तर शान्तिका अग्रदूत बुद्धको मूर्तिलाई नै थुनेर राख्नुपर्ने कारण के हो रु यस्ता संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्छ,’ राईले भने ।