नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मधेश प्रदेशको पार्टी एकता बैठक तथा प्रशिक्षण कार्यक्रम बुधबार जनकपुरमा सम्पन्न भएको छ।
जनकपुरस्थित महेन्द्र नारायण निधि संस्कृति भवनमा आयोजित कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव तथा नेता गिरिराजमणि पोखरेल लगायतले सम्बोधन गरेका थिए।
कार्यक्रममा पार्टी संयोजक प्रचण्डले नवगठित मधेश प्रदेश कमिटीका सदस्यहरूलाई शपथग्रहण गराएका थिए। शपथ ग्रहण कार्यक्रममा पर्साबाट उल्लेख्य संख्यामा युवा तथा विद्यार्थी नेताहरू समावेश भएका छन्। पर्साका युवा नेता अनिल पटेल, सब्बा अन्सारी, आकाश पटेल, उमेश ठाकुर, राधेश्याम सिंह, मदन कुर्मी, गजाधार पटेल, रूपनारायण सिंह, निरज पिठाकोटे मगर, दिपक गौतम, दिपेन्द्र सिंह, महेश पटेल, मिरोज अहमद र बिरजेश चौहान लगायतले प्रदेश कमिटी सदस्यका रूपमा शपथ लिएका हुन्।
त्यसैगरी प्रभाकर यादव, टुनटुन तिवारी, उमेश पटेल, व्यास यादव, इश्क कुमार, शिवम साह, पन्नालाल पटेल तथा सन्दीप साह लगायतका युवा नेताहरू पनि प्रदेश कमिटी सदस्यमा मनोनीत भएका छन्।
प्रदेश संयोजक राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय समिति सदस्य सुधिर साहले गरेका थिए। कार्यक्रममा मन्त्री कनिश पटेल तथा केन्द्रीय सदस्यहरू समीर भट्टराई, मनोज चौधरी, आरती लामा, सरला यादव, शिला यादव र पीएल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
बैठकमा पार्टी एकतालाई थप सुदृढ बनाउने, संगठन विस्तारलाई तीव्रता दिने, वैचारिक प्रशिक्षणलाई प्रभावकारी बनाउने तथा मधेश प्रदेशमा पार्टीको संगठनात्मक गतिविधिलाई सशक्त रूपमा अघि बढाउने विषयमा छलफल भएको नेताहरूले बताएका छन्।