गुरुपूर्णिमाको पावन अवसरमा विद्या सदन सेकेन्डरी स्कुल, मुर्ली, वीरगञ्ज–१२, पर्साको आयोजनामा अन्तरविद्यालय कला महोत्सव–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। वीरगञ्जका १० प्रतिष्ठित विद्यालयको सहभागिता रहेको महोत्सवमा पाँच समूहमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो।
प्रतियोगिताको समूह ‘क’ ९नर्सरी० मा बिनिता चौरसिया ९जीएचपी सेकेन्डरी स्कुल० प्रथम, आकृति कुमारी ९न्यु वेभ सेकेन्डरी स्कुल० द्वितीय तथा अनुराधा कुशवाहा ९मिनी ल्यान्ड इङ्ग्लिस सेकेन्डरी स्कुल० तृतीय भइन्।
समूह ‘ख’ (एल.के.जी.) मा अन्जुला राम ९जीएचपी सेकेन्डरी स्कुल० प्रथम, सोनिया मण्डल ९विद्या सदन सेकेन्डरी स्कुल० द्वितीय तथा साइमा खातुन ९विद्या सदन सेकेन्डरी स्कुल० तृतीय भइन्।
समूह ‘ग’ (यू.के.जी।) मा सुन्दरम कलवार (जीएचपी सेकेन्डरी स्कुल)प्रथम, आहान अली (विद्या सदन सेकेन्डरी स्कुल) द्वितीय तथा अनाया अली (विद्या सदन सेकेन्डरी स्कुल) तृतीय भए।
समूह ‘घ’ (कक्षा १–२) मा अमन कुमार साह ९जीएचपी सेकेन्डरी स्कुल० प्रथम, शिवानी महतो ९विद्या सदन सेकेन्डरी स्कुल० द्वितीय तथा साक्षी गुप्ता ९जीएचपी सेकेन्डरी स्कुल० तृतीय भइन्।
समूह ‘ङ’ (कक्षा ३–५) मा आरुषी कुमारी प्रजापति ९मनकामना सेकेन्डरी स्कुल० प्रथम, आरती सिंह ९जीएचपी सेकेन्डरी स्कुल० द्वितीय तथा नैना कुमारी ९न्यु वेभ सेकेन्डरी स्कुल० तृतीय भइन्।
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबै विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।