रौतहट– रौतहट जिल्ला बृदाबन् नगरपालिकामा सनातन हिन्दू मोर्चाको नगर समिति १३ सदस्यीय र युवा समिति ११ सदस्यीय गठन भएको छ।
कार्यक्रम संयोजक राजु साह तेलीको सक्रियता विश्रामपुर स्थित श्री हनुमान मन्दिरको प्राङ्गणमा हिन्दूवादी अगुवाहरू, स्थानिय युवाहरु, सामाजिक कार्यमा सक्रिय कार्य गर्ने व्यक्तित्वहरूको उपस्थिति भएको कार्यक्रममा सनातन हिन्दू धर्मको रक्षा, हिन्दू राष्ट्र नेपाल स्थापना, समृद्ध समाज निर्माण, जातिय छुवाछुत, बालविवाह,दाइजो प्रथा, लागूपदार्थ लगाएतको विषयमा गहन छलफल भएको थियो।
साथै सनातन हिन्दू मोर्चा बृदाबन् नगरपालिकाको अध्यक्षमा मुगलला राउत , उपाध्यक्ष गणेश भगत, सचिव जगदिश मिश्रा, कोषाध्यक्ष रामचन्द्र रौनियार,कार्य समिति सदस्यहरू शिवचन्द्र दास बाबा, दुःखा भगत, फेकन साहू, राम एकवाल बैठा, गोबिन्द दास, महेश राय, भैरोलाल पटेल, जंगली भगत सहित १३जना रहेका छन्। त्यसतै युवा समितिको अध्यक्षमा रितेश पटेल, उपाध्यक्ष रोहित यादव,सचिव रुपेश यादव, कोषाध्यक्ष बृजेश पाल,कार्य समिति सदस्यहरूमा अजित यादव, संतोष साहू, सरोज महतो, धनश्याम पटेल सहित ११ जना रहेका छन्।
कार्यक्रममा सनातन हिन्दू मोर्चाको केन्द्रिय अध्यक्ष संतोशानन्द, केन्द्रिय सदस्य योगेन्द्र प्रसाद कलवार, बारा जिल्ला अध्यक्ष गोपाल दास सहित रौतहट जिल्लका अगुवाहरु सहभागिता रहेको थियो।