बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको गोल्डेन फ्युचर माविकामा अध्यापन गरिरहेका युकेजीका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ। गोल्डेन फ्युचर माविका प्रिन्सिपल उमेश साहको अध्यक्षता तथा बीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णको प्रमुख आतिथ्यमा सो दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि कर्णले अभिभावकले पनि आफ्ना विद्यार्थीहरुको पढ्ने सिकाइने विधि जान्न जरुरी रहेको बताए ।विद्यार्थीहरुको गतिविधिमा ख्याल गर्नुपर्ने बताउदै उनीहरूको भबिस्य सुनिश्चित हुने कर्णको भनाइ रहेको छ। त्यसैगरी महानगरपालिका जिल्ला शिक्षा विकास समन्वय समितिका प्रमुख हरिराउत कुर्मीले बिधालय भर्ना गर्ने बेलामा जसरी बिधालय छान्ने अभिभावकहरुले गर्ने गरेका छन् त्यसरी नै विद्यार्थीहरुको भबिस्य सुनिश्चित गर्ने जिम्मेवारी पनि अभिभावकको रहेको बताए ।
शिक्षा क्षेत्रलाई सुधार गर्न शुरुआत चरणमा नै लागे त्यसको उपलब्धि हुने बताएका छन् । त्यसैगरी जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राईले शिक्षा क्षेत्रमा सामुदायिक र निजी बिधालय सम्मान ढंगबाट सरकारले हेर्नु पर्ने बताए ।उनले भने अहिले शिक्षा ऐन स्थानीय तह अन्तर्गत रहेकाले स्थानीय सरकारले त्यहीँ ढंगले हेर्न जरुरी रहेको र सामुदायिक बिधालयहरुमा पनि स्थानीय सरकारले चासो राख्नु पर्ने राईले बताएका छन् ।
सरकारको नजरमा सामुदायिक बिधालय र निजी बिधालय हेर्ने दृष्टिकोण फरकफरक रहेकोले एकै नजरले हेर्न आवश्यकता रहेको बताए ।त्यसैगरी गोल्डेन फ्युचर माविका संचालक एवम् निर्देशक डाक्टर उमेश चौरसियाले निजी बिधालयहरुले शिक्षा क्षेत्रमा धेरै फड्को मारेको बताए ।उनले भने निजी बिधालयहरुले शिक्षा संगै अतिरिक्त क्रियाकलापहरुमा समेत जोड दिदै आइरहेको बताएका हुन ।
बिधालयका संचालिका नितु चौरसिया,परिक्षा कोडिनेटर अरुण यादव ,शिक्षिका ज्योति चौधरी ,शम्भु प्रसाद चौरसिया,शोभा कुशवहा,पत्रकार अनिल ओझा लगायतले समेत आ,आफ्नो धारणा राख्नु भएको थियो ।दिक्षान्त समारोहमा प्रकृति यादव तथा अन्य विद्यार्थीहरुले नृत्य प्रस्तुति गरेका थिए भने कार्यक्रमको सहजिकरण शिक्षिका सारुले गरेकी थिइन् ।