नेपाल इनोभेटिभ सोसाइटी पर्साको आयोजनामा शनिबार माईस्थान पार्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सोसाइटीका अध्यक्ष तथा समाजसेवी कमल चौगाईंको अध्यक्षतामा तथा पर्साका सिडियो गणेश अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल विशिष्ट अतिथि थिए।
रक्त संचार केन्द्र वीरगंजका सौरभराज पाण्डे, जितेन्द्र कुश्वाहा, र मनिष गुप्ता लगायतको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ६ जना महिलासहित ५९ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा अस्मिता थापा, पूजा खत्री, ईसा बराल, समिक्षा लिंका, शोभा बस्नेत , कमल चौगाईं लगायतकाले रगत दिएका थिए ।
कार्यक्रमका संयोजक डा। प्रीती यादव रहनु भएको थियो भने उपाध्यक्ष निर्मल खत्री र सदस्य हरि गुप्ता, लालबाबु चौधरी ,नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्तालगायतको सहयोग गरेका थिए ।
समाजसेवी प्रकाश उपाध्याय, प्रकाश चौधरी, राजेन्द्र भट्टराई, नारायणी अस्पतालका हेमा थापा र कल्पना पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, ग्रीनसिटी सामुदायिक प्रहरीका अध्यक्ष प्रकाश खेतान, सरोज चौधरी, देवेश मानवसेवा लगायतका उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।