वीरगंजमा भीषण गर्मी जनजीवन कष्टकर बन्दै गइरहेका बेला सर्वसाधारण र बटुवाहरुलाई राहत दिने उद्देश्यले शैक्षिक शहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा निशुल्क चिसो बितरण गरिएको छ ।
शनिबार बिहान ११ बजेदेखि शुरु पानी बितरण कार्यक्रम तिन दिन सम्म चल्ने छ । पानी बितरण वीरगंजको प्रमुख व्यस्त स्थल घण्टाघर चौकमा सुरु गरिएको छ ।
कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष मुना कुमारी खनालले गर्नु भएको थियोभने उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतम प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय, सचिव लाल बाबु सिंह, सहसचिव अजित भुजेल, सदस्यहरू जय कुमार दनुवार, शान्ति माली, नवराज भट्टराई, अभिलाष गुप्ता, पवन श्रेष्ठ, शर्मा गोसाई लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिष्ठानले शहीद मुकुन्द प्रसाद खनालको योगदानको स्मृतिमा सामाजिक उत्तरदायित्व अन्तर्गत समय–समयमा जनहितका कार्यक्रमहरू गर्दै आइरहेको छ। यस कार्यक्रममार्फत घन्टाघर क्षेत्र भएर यात्रा गर्ने पैदलयात्री, सवारी चालक तथा सर्वसाधारणलाई तत्कालीन राहत प्रदान गरिनेछ।
प्रतिष्ठानले आगामी दिनहरूमा अझ प्रभावकारी र जनमुखी कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ