दिपेन्द्र जयसवाल
बारा प्रथम विकल रेग्मी स्मृति जुनियर फुटवल प्रतियोगिताको उपाधि निजगढ वडा नम्बर ११ ले जितेको छ । शहिद हिरालाल रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ४ लाई सडन डेथमा हराउदै वडा नम्बर ११ ले उपाधि हात पारेको हो ।
जितसंगै वडा नम्बर ११ ले ५१ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता वडा नम्बर ४ ले भने ३१ हजार नगद र ट्रफीमा चित्त बुझाएको छ ।निर्धारित समयमा गोल रहित बराबरी खेलेका दुबै टोलीले टाइब्रेकरमा पनि बराबर ४÷४ गोल गरेपछि खेल सडनडेथमा धकलिएको थियो ।
सडन डेथमा विकास गुरोको प्रहारले जाली चुमेपछि वडा नम्बर ११ ले उपाधिमाथि कब्जा जमाएको हो । वडा नम्बर ४ का अखिल धामीको प्रहार भने पोष्टबाट बाहिरिएको थियो ।यसअघि टाइब्रेकरमा वडा नम्बर ४ का रोशन वाइवाको प्रहार वडा नम्बर ११ का गोल रक्षक प्रविण गुरोले रोकेका थिए भने वडा नम्बर ११ का गोल रक्षक प्रविणले नै गरेको प्रहार पोष्टबाट बाहिरिएको थियो ।

टाइब्रेकरमा वडा नम्बर ११ का सकिन कुँवर, राहुल धामी, सृजन गुरो र शिवजी कुवरले गोल गरेका थिए भने वडा नम्बर ४ को समिर धामी, मोहन खडका, प्रशान्त कुँवर र आर्यन कुँवरले गोल गरेका थिए । निजगढका आदिवासी कछडिया समुदायका खेलाडीहरुको बहुल्यता रहेको दुबै टोलीको मंगलवारको भिडन्त रोमाञ्जक थियो ।
खेलमा हाबी देखिए पनि प्राप्त केही मौकामा स्टाइकर समिर कुवरले सदुपयोग गर्न नसक्दा वडा नम्बर ४ ले पराजय बेहोर्नुपरेको हो । निक्कै राम्रो फर्ममा देखिएका वडा नम्बर ११ का राहुल धामीले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन । खेलमा म्यान अफ दि म्याचको उपाधि वडा नम्बर ४ का रोहन वाइवाले पाएका छन ।

समयमा गोल रहित बराबरी खेलेका दुबै टोलीले टाइब्रेकरमा पनि बराबर ४÷४ गोल गरेपछि खेल सडनडेथमा धकलिएको थियो । सडन डेथमा विकास गुरोको प्रहारले जाली चुमेपछि वडा नम्बर ११ ले उपाधिमाथि कब्जा जमाएको हो । वडा नम्बर ४ का अखिल धामीको प्रहार भने पोष्टबाट बाहिरिएको थियो ।
यसअघि टाइब्रेकरमा वडा नम्बर ४ का रोशन वाइवाको प्रहार वडा नम्बर ११ का गोल रक्षक प्रविण गुरोले रोकेका थिए भने वडा नम्बर ११ का गोल रक्षक प्रविणले नै गरेको प्रहार पोष्टबाट बाहिरिएको थियो । टाइब्रेकरमा वडा नम्बर ११ का सकिन कुँवर, राहुल धामी, सृजन गुरो र शिवजी कुवरले गोल गरेका थिए भने वडा नम्बर ४ को समिर धामी, मोहन खडका, प्रशान्त कुँवर र आर्यन कुँवरले गोल गरेका थिए ।
निजगढका आदिवासी कछडिया समुदायका खेलाडीहरुको बहुल्यता रहेको दुबै टोलीको मंगलवारको भिडन्त रोमाञ्जक थियो । खेलमा हाबी देखिए पनि प्राप्त केही मौकामा स्टाइकर समिर कुवरले सदुपयोग गर्न नसक्दा वडा नम्बर ४ ले पराजय बेहोर्नुपरेको हो । निक्कै राम्रो फर्ममा देखिएका वडा नम्बर ११ का राहुल धामीले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन । खेलमा म्यान अफ दि म्याचको उपाधि वडा नम्बर ४ का रोहन वाइवाले पाएका छन ।
प्रतियोताको सर्वोत्कृष्ट खेलाडीको उपाधि वडा नम्बर ११ का राहुल धामीले प्राप्त गरेका छन । त्यस्तै प्रतियोगिताभरि ४ गोल गरेका वडा नम्बर ४ का समिर कुँवरले सर्वाधिक गोलकर्ताको उपाधि पाएका छन । त्यसैगरी उत्कृष्ट गोल रक्षकको उपाधि वडा नम्बर ११ का प्रविण गुरो, सर्वोत्कृष्ट रक्षक वडा नम्बर ११ का सकिल कुँवर र उदीयमान खेलाडीको उपाधि वडा नम्बर ७ का सागर बुढाथोकीले प्राप्त गरेका छन ।
प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपपप्रमुख सोममाया थिङ्ग, स्वर्गीय विकल रेग्मीकी आमा कमला, पिता जयन्तलगायतले ट्रफी र पुरस्कार वितरण गरेका थिए ।
निजगढ नगरपालिकाको आयोजनामा र नगर खेलकुद विकास समितिको व्यवस्थापनमा भएको सो प्रतियोगिता निजगढ नगरका १३ वटा वडाका टोलीको सहभागिता रहेको थियो ।