काठमाडौं । नेपालमा सामाजिक सञ्जालमाथिको प्रतिबन्धपछि उठेको जेनजी युवाको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भएको सत्तापरिवर्तनका विषयमा विभिन्न विदेशी विश्लेषकहरूले टिप्पणी गरिरहेका छन् ।
त्यसैक्रममा हङकङमा बस्ने श्रीलंकाली मूलका विश्लेषक नुरी भित्ताचीले सामाजिक सञ्जाल एक्समा आफ्नो विश्लेषण पस्केका छन् ।
उनका अनुसार, नेपाली नेताहरू चीनसँग नजिकिएकाले अमेरिकाले नेपालमा सत्ता परिवर्तन गराएको दस्तावेजहरूले देखाएका छन् ।

उनी लेख्छन्- सन् २०२३ मा वाशिङटन डीसीमा रहेका रणनीतिकारहरूले एसियामा चिन्ताजनक समस्या पत्ता लगाए । सानो मुलुक नेपालले इन्टरनेटमा स्वतन्त्रता खोजिरहेको थियो, चीन जस्तै ।
अमेरिकाले चीनलाई ग्रेट फायरवाल राखेको भन्दै गिल्ला गर्ने गर्थ्यो । त्यो नकारात्मक कुरा भएको अमेरिकाको भनाइ थियो । तर, सन् २०२३ मा आइपुग्दा यो ठूलो भूल भएको अमेरिकाले बुझ्न थालेको थियो । आफ्नै इन्टरनेट प्रणाली सहित चीनले व्यापार र सूचनाका लागि विशाल र जीवन्त वेब इकोसिस्टम बनाइसकेको थियो ।

चिनियाँ प्राविधिक क्षेत्रले बनाएका एपहरू निकै उम्दा भएकाले संसारमा राज गर्न थाले । टिकटकले अमेरिकी प्रतिस्पर्धीहरूलाई पछि पारिदियो, अमेजनले भन्दा दुई गुणा बढी सामान अलीएक्सप्रेसले बेच्यो, शेइन संसारको सबभन्दा शीर्ष कपडाको बिक्रेता बन्यो र टेमु इन्टरनेटमा लोकप्रिय बन्यो ।
चिनियाँ फायरवाल खराब कुरा नभई देशलाई अग्रता दिलाउने माध्यम बन्यो ।
स्तब्ध भएका युरोपेलीहरूले पनि यो सत्य बुझेका थिए तर उनीहरूले यसका विषयमा काम थाल्न ढिलो भइसकेको थियो । नेपालमा चाहिँ ढिलो भइसकेको थिएन । नेपाल पनि चिनियाँ मोडल अनुसरण गर्न चाहन्थ्यो । कम्बोडिया र पाकिस्तान पनि त्यही गर्न चाहन्थे ।
यसले अमेरिकालाई तर्सायो र उसले यो खराब विचार भएको भनी लेखहरू प्रकाशित गर्न लगायो । सन् २०२३ डिसेम्बर १ मा एउटा लेख छापियो जसको शीर्षक थियो स् ‘नेपालले खुला, विश्वव्यापी इन्टरनेटबाट धेरै फाइदा लिन सक्छ । यो देश किन त्यसको ढोका बन्द गर्न खोज्दैछ ?’
नेपालले चीनसँग सिक्न नछोड्ने अड्डी लिएपछि अमेरिकाको नेशनल इन्डाउमेन्ट फर डेमोक्रेसी (एनईडी) ले आफ्नो काम गर्न थाल्यो । पोहोर साल नेपालमा एनईडीका कार्यकर्ताले प्रतिवेदन वितरण गरे, गोलमेच छलफल चलाए र ब्रिफिङहरू गराए । ती सबैको एउटा सन्देश थियो स् चीन शत्रु हो, अमेरिका तिम्रो मित्र हो ।

त्यतिखेरै अमेरिकी एजेन्टहरूले नेपाली पत्रकारलाई भ्रष्टाचार तथा अख्तियार दुरुपयोगको खुलासा गर्नका लागि प्रशिक्षण कार्यक्रमहरू चलाउन थाले ।
त्यसैगरी एनईडीका कर्मचारीले जेनजी युवाहरूलाई राजनीतिक अभियानको तालिम दिन थाले ।
सबै गरेर एनईडीले पोहोर साल मात्र नेपालमा अभियान चलाउनका लागि करिब १६ लाख डलर खर्च गरेको थियो । नेपाल जस्तो मुलुकका लागि त्यो ठूलो रकम हो ।
अहिलेसम्मको कुरा त अरू देशमा पनि भइरहेकै हो । तर, नेपालमा चािहँ अमेरिकाले प्रविधि र सञ्चारमा जोड दिएर विशेष बनायो ।
यस कारवाहीलाई गति दिनका लागि एनईडीले गत फेब्रुअरीमा लामो प्रतिवेदन प्रकाशन गर्यो । डेटा सेन्ट्रिक अथोरिटेरियनिजम शीर्षकको प्रतिवेदनले चीनको प्राविधिक विकासबाट संसारभरि दमनको सिलसिला बढ्ने हास्यास्पद तर्क गरेको थियो ।
४१ पाना लामो यस प्रतिवेदनमा कुतर्कहरू गरिएको थियो । कुनै पनि देशले अमेरिकाको प्रभुत्वबाट स्वतन्त्र रहेर सार्वभौम इन्टरनेट प्रणाली बनाउनु खराब विचार हो भनी त्यसमा उल्लेख गरिएको थियो ।
‘पाकिस्तान, नेपाल र कम्बोडियाले सरकारनियन्त्रित चोकपोइन्टमार्फत सबै अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकलाई प्रवाह गर्ने गेटवे बनाइरहेका छन्,’ एनईडीको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसले चीनको इज्जत बढाउने र कुनै समयमा अद्वितीय रहेको ग्रेट फायरवाललाई संसारका अन्य मुलुकले आदर्श मानेर अनुसरण गर्ने जोखिम रहेको प्रतिवेदनमा लेखिएको थियो ।
यसले अमेरिकालाई चिन्तित बनायो । सबै देशले आआफ्नो इन्फर्मेशन स्पेसमा नियन्त्रण गरेमा त्यसले विश्वव्यापी भाष्यमा अमेरिकाको प्रभुत्वलाई भत्काउनेछ ।
नेपालले पनि त्यसतर्फ सानो पाइला चाल्न खोजेको थियो । सबै सामाजिक सञ्जाललाई दर्ता हुन आउन र सूचीकरण गर्नका लागि उसले आग्रह गरेको थियो ।
तिनले स्थानीय सम्पर्क अधिकृतको नाम तोक्नुपर्ने, गुनासो व्यवस्थापनका लागि आधिकारिक व्यक्ति राख्नुपर्ने र नियमनका लागि अधिकृत तोक्नुपर्ने थियो ।
कुरा यहीँनेर गडबड भयो । चिनियाँ कम्पनी बाइटडान्सको टिकटक यसरी दर्ता हुन तयार भयो । वीटक र भाइबर पनि दर्ता हुन तयार भए ।
तर, फेसबुक र लिंक्डइन जस्ता अमेरिकी एपहरूले नेपालको निर्देशन मानेनन् । नेपाल सरकारले उनीहरूलाई प्रतिबन्ध लगाउनुको विकल्प रहेन ।
त्यसपछि अमेरिकीहरूले राजनीतिक अभियानका लागि प्रशिक्षण दिएका जेनजी युवाहरू सडकमा आए ।
त्यसपछि चर्किएको हिंसामा कैयौंको ज्यान गयो, सम्पत्ति ध्वस्त पारियो र नेपाल जस्तो गरीब मुलुकका लागि ठूलो आर्थिक क्षति गराइयो । यो निकै त्रासद छ ।
तर, यसो सोच्नुस् त । विरोधका लागि सञ्चारमाध्यम क्षेत्रबाट आह्वान भयो । त्यस क्षेत्रलाई एनईडीले सरकारविरोधी लेख छाप्नका लागि प्रशिक्षण दिएको थियो । त्यो दैवसंयोग हो रु
विरोध प्रदर्शनको विषय थियो( भ्रष्टाचार र अख्तियार दुरुपयोग उजागर गर्ने । एनईडीले सुझाएको विषय पनि यही थियो । त्यो चाहिँ दैवसंयोग मात्र हुन सक्छ ।
विरोध कार्यक्रममा मुख्य रूपमा जेनजी युवाहरू सहभागी थिए जसलाई एनईडीले राजनीतिक अभियानका लागि प्रशिक्षण दिइरहेको थियो । त्यो पनि सिद्धान्ततः दैवसंयोग हुन सक्छ ।

यो चीनको गल्ती हो भनी आरोप लगाइएको छ । सन् २०२४ मा गरिएको ब्रिफिङमा यही कुरा गरिएको थियो ।
कथा त्रासदीमा अन्त्य हुन्छ । नेपालले आफ्नै इन्टरनेट प्रणाली बनाउन खोजेको थियो । आफ्नै एप बनाउने, विदेशी हस्तक्षेप हटाउने र वेबमा स्वतन्त्रता हासिल गर्ने उद्देश्य लिएको थियो ।
त्यस अवस्थामा नेपाली जनतालाई लाभ हुने थियो । विशेषगरी नेपालका सिर्जनशील जेनजी युवाले नेपाली बजारका लागि आफ्नै एप बनाउँथे ।
तर, अहिले उनीहरू अमेरिकी प्रणालीको सानो शाखामा सीमित भएका छन् र पश्चिमी संकथनमा जकडिएका छन् ।
उदाहरणका लागि, अहिले न्युयोर्क टाइम्सको समाचार द फोर्सेस बिहाइन्ड नेपाल्स एक्सप्लोसिभ जेनजी प्रोटेस्ट्स सबैको फोनमा पुगेको छ । त्यसमा सरकारको भ्रष्टाचार र जेनजीको अभियानका बारेमा लेखिएको छ, मानौं एनईडीले नै त्यो लेखाएको हो ।
त्यस समाचारमा माथि उल्लिखित एउटा पनि कुरा छैन ।
स्रोतः क्लिकमान्डु