वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६, सुगौली विर्तामा जारी मेला महोत्सवमा कुस्ती प्रतियोगिताको भव्य उद्घाटन भएको छ। उद्घाटन समारोह संविधानसभा सदस्य तथा नेपाली काँग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यले गरेका थिए।
मेलामा भर्खरै कार्यक्रम सुरु भए तापनि कुस्ती प्रतियोगिता हेर्न दर्शकहरूको उपस्थिति निरन्तर बढिरहेको छ। उद्घाटन सत्रमै नेपाल र भारतका पहलवानबीच रोमाञ्चक भिडन्त भएको थियो। भारतका चर्चित पहलवान अब्दुल गनी र नेपालको प्रतिनिधित्व गर्दै देवा थापाबीचको भिडन्तले दर्शकहरूको ध्यान केन्द्रित गरेको आयोजकहरूले जानकारी दिएका छन्।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका विभिन्न नेता तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू प्रेम चंद्र दुबे र विजय कर्ण, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, विजय उपाध्याय, रोशन लामिछाने, मनोज यादव, मुकेश गुप्ता, मनोज गुप्ता, मनोहर साह, सञ्जय चतुर्वेदी, सन्तोष कुमार गुप्ता, गौरी शंकर गुप्ता, अगन्त चौरसिया, रूपेश साह, राहुल गुप्ता र पत्रकार धर्मेन्द्र साहलगायतको सहभागिता रहेको थियो।
आयोजकले जानकारी दिए अनुसार उद्घाटनपश्चात् कुस्ती प्रतियोगिताका अन्य प्रतिस्पर्धा पनि जारी रहनेछन् र मेलामा दर्शकहरूको उत्साह अझै बढ्ने अपेक्षा गरिएको छ।