श्याम बन्जारा,
१६ कात्तिक- पर्सा जिल्लामा रहेको गुठी, मठ मन्दिर, पोखरी, बिद्यालय लगायत सार्वजनिक सरोकारको अरर्बौ जग्गा हडप्न उहिल्यै देखि शुरु भएको षडयनत्र अहिले पनि रोकिएको छैन । अहिले हजरी मलको नाममा रहेको कयोै बिघा जग्ग अपत्यरिलो रुपमा ट्रष्ट निर्माण गरि परिवारका सदस्यलाई राख्ने बिस्तारै ब्यापारिक प्रयोजनको लागि बिक्री बितरण गरि अरर्बौ कुम्ल्याउने योजनाका तानाबान बुन्न निकै ठूलो माफिया गिरोह लागि परेको समाचार प्रकारशमा आउन थालेको छ । उता छपकैया पोखरीको जग्जा हडप्न सफल भएको गिरोहले फेरि पनि गिता मन्दीर, महुअन मठ, पिपरा मठ, हजारी मल, सलाई फैक्ट्री, लगायतका स्वामित्मा रहेका जग्गा हडप्ने षडयन्त्र भइरहेको समाचार प्रकाशमा आएको छ ।
त्यस मध्य गिता मन्दीर जग्गा हडप्न बिभिन्न योजना निर्माण भएको समाचार प्रकाशमा आएको छ भने त्यसको लागि बिभिन्न स्थानका भू माफियाले बिचौलियाको भूमिका निर्वाह गर्दै मोलतोल गरिरहेको समाचार समेत प्राप्त हुन आएको छ ।
गिता मन्दीरको जग्गा संरक्षण गर्न महानगरपालिकाले केन्द्र सरकारलाई पत्रचार गरेको भएपनि त्यसलाई समेत उपेक्षा गरेर भू -माफियाहरुले एक बिघाका जग्गाको एक सय बर्षको लिजमा कौडिको भाउमा लिने र भब्य ब्यापारिक कम्प्लेक्स बनाउने योजना अन्तिम चरणमा पुर्याएको समेत समाचार प्रकाशमा आएको छ । महेन्द्रबहादुर सिंह सञ्चालक रहेको प्रितिका इन्डेभलपमेन्ट प्रालिले गिता मन्दीरको अर्वौको एक बिघा उक्त जग्गामा भब्य भवन बनाउने योजना अघि बढाएको बताइन्छ । उक्त कम्पनिले त्यो कम्पनीले २०६८ चैत १६ गते महानगरमा नक्सा पासका लागि निवेदन दिएको थियो । कुल १३ हजार ३३० वर्गफिट क्षेत्रफल हुने तीनतले व्यापारिक भवन बनाउन नक्सा पेश गरेको कम्पनीले भवन निर्माणका लागि पेस गरेको निवेदनमा जग्गाधनीको नाम भने ‘राम जानकी मन्दिर’ छ । त्यसलाई समेत अन्य कारोबारी र माफियालाई लिलमा दिने योजना बनेको समाचार छ । कम्पनीका संचालकले राजनीतिक ब्यक्तिलाई सव लिजमा दिने गरि सहमति समेत भएको छ भने त्यसबापत २० करोड खर्च भैसेको बताइन्छ । महेन्द्र बहादुर सिँह समेत एक राजनीतिक घरनाको भएको हुनाले उनले यो कारोबारमा समेत सबै राजनीतिक हथकण्डा अपनाएको समाचार छ ।
वीरगन्ज महानगरपालिकाको ३ बर्ष अघि नै बोर्ड बैठकले त्यहाँ भवन बनाउन नक्सा स्वीकृतिका लागि पेश भएको निवेदन खारेज गर्ने निर्णय गर्दा समेत माफियाहरु भने कम्मर कसेर बस्नुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । महानगरलेसरकारलाई राम जानकी मन्दिरको जग्गाको लालपुर्जा र ‘फिल्ड–बुक’को लगतबाट पुजारी र संरक्षकको नाम कट्टा गरी झण्डै २५ वर्षअघि सर्वाेच्च अदालतले गरेको फैसलाअनुसार गर्न आग्रह गरेको थियो । राम जानकी मन्दिरको नाममा रहेको जग्गा कुनै बहानामा बिक्री वा हक हस्तान्तरण वा धितो बन्धक राख्न नपाउने भएकाले स्रेस्ताबाट संरक्षिका वा पुजारीको नाम हटाउन २०५५ पुस २४ गते नै सर्वाेच्चले आदेश दिएको थियो। यसअघि नै पुनरावेदन अदालत हेटौँडाबाट २०५१ सालमा यससम्बन्धमा भएको फैसला सर्वोच्चले सदर गरेको थियोे । राम जानकी मन्दिरको नाममा रहेको वीरगन्ज १२ मा पर्ने खाली जग्गा त्यसबेला जग्गा धनीको पुर्जा र स्रेस्ताको कैफियतमा संरक्षकको नाम हिरादेवी ब्राह्मणी, सुशीलादेवी ब्राह्मणी र पुजारी धीरनारायण शर्मा उल्लेख थियो। सर्वोच्चले तिनै नाम हटाउन आदेश दिएको थियो। सर्वोच्चको आदेशअनुसार नै यी नाम हटाउन महानगरले पत्र लेखेपछि संघीय सरकारको भूमि व्यवस्थापन तथा अभिलेख विभागले यसबारे खुलाइ पठाउन भूमिसुधार तथा मालपोत कार्यालय पर्सालाई २०७९ चैत ८ मा पत्र लेखेको थियो ।
हिरादेवी र सुशीलादेवी आमाछोरी हुन्। धीरनारायण सुशीलादेवीका छोरा हुन् । सर्वोच्चले फैसला गरेको साढे दुई दशकसम्म पनि जग्गा धनीको स्रेस्ता र पुर्जामा रहेका संरक्षिका र पुजारीको नाम नहटाउनुको पछाडिपनि षडयन्त्र रहेको बताइन्छ । सर्वोच्चको पछिल्लो (२०६३ सालको) फैसलाका आधारमा गुठी संस्थान केन्द्रीय कार्यालयले २०६८ साउन २४ गते सुशीलादेवी र धीरनारायणलाई गुठियार कायम गरेको थियो । यो जग्गा प्रकरणमा सरकारी निकाए समेत नराम्रोसँग प्रभाबिता भएको बताइन्छ भने जग्गा ब्यक्ति वा संस्थाका नाममा गर्न बिभिन्न प्रकारको तानाबाना बुनिरहेको समचार प्रकाशमा आएको छ । 
यही जग्गासम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ भदौ ७ गते मालपोत कार्यालय पर्सालाई संरक्षिका र पुजारीबाट तीन जनाकै नाम हटाउन निर्देशन दिएको थियो। त्यसलाई समेत तत्काल अख्तियारको पत्रलाई मालपोतले निकै मोटो नजराना लिएर बेवास्ता गरेको बताइन्छ भने त्यसै बिचमा पुन षडयन्त्रको योजना निर्माण भएको समाचार छ । सर्वोच्च अदालतले नै मन्दिर रहेको सात कट्ठा १२ धुर जग्गा र त्यसको नजिकै खाली रहेको एक विघा जग्गा सार्वजनिक ठहर गरे पनि त्यसलाई ब्यक्तिको नाममा गर्न तारतम्य मिलाउने खेलोमा राजनीतिक दलका उपल्लो तहका नेताहरु समेत लागिपरेको समाचार प्राप्त हुन आएको छ । गिता मन्दीरको उक्त जग्गाको बिबिध पक्षको बारेमा केही बर्ष पहिला नै उकालो अनलाईने बिस्तृत समाचार प्रकाशित गरेको भएपनि त्यसलाई समेत वेवास्ता गरि पुन माफियाहरु जग्गा हडप्ने खेलोखर्कोमा लागि परेको समाचार प्राप्त हुन आएको छ ।
ई मालपोतले निकै मोटो नजराना लिएर बेवास्ता गरेको बताइन्छ भने त्यसै बिचमा पुन षडयन्त्रको योजना निर्माण भएको समाचार छ । सर्वोच्च अदालतले नै मन्दिर रहेको सात कट्ठा १२ धुर जग्गा र त्यसको नजिकै खाली रहेको एक विघा जग्गा सार्वजनिक ठहर गरे पनि त्यसलाई ब्यक्तिको नाममा गर्न तारतम्य मिलाउने खेलोमा राजनीतिक दलका उपल्लो तहका नेताहरु समेत लागिपरेको समाचार प्राप्त हुन आएको छ । गिता मन्दीरको उक्त जग्गाको बिबिध पक्षको बारेमा केही बर्ष पहिला नै उकालो अनलाईने बिस्तृत समाचार प्रकाशित गरेको भएपनि त्यसलाई समेत वेवास्ता गरि पुन माफियाहरु जग्गा हडप्ने खेलोखर्कोमा लागि परेको समाचार प्राप्त हुन आएको छ ।