बिरगंज : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा तथा आइडिएल बोर्डिङ स्कूलको सहकार्यमा लागुऔषध दुरुपयोग रोकथाम तथा जनचेतनामूलक कार्यक्रम आइडिएल बोर्डिङ स्कूलमा सम्पन्न गरिएको छ।
कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीयवासी तथा सामुदायिक प्रहरी प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो। सहभागीहरूलाई लागुऔषधको असर, जोखिम, कानुनी परिणाम, यसका सामाजिक प्रभाव र किशोर–किशोरीलाई लागुऔषधबाट जोगाउन परिवार तथा समुदायको भूमिकाबारे विस्तृत जानकारी दिइ्यो।
कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न भएको थियो।विशेष उपस्थितिमा वडा अध्यक्षस् रियाज मिया तेलि,वडा सदस्यस् बसिर मिया,स्कूल निर्देशकस् शौकत अली,प्रिन्सिपलस् विकास राई लगाएतकाहरुको उपस्थिति रहेको थियोे।
उक्त वक्ताहरूले विद्यालयमै सुरु हुने सचेतनाले बालबालिकालाई गलत बाटोमा जानबाट जोगाउन ठूला प्रभाव पार्ने भन्दै निरन्तर जनचेतनामूलक गतिविधि आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा विद्यार्थी तथा अभिभावकलाई लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि देखिएमा तुरुन्तै सुरक्षा निकायलाई जानकारी गराउन र स्वस्थ एवं सुरक्षित समाज निर्माणमा हातेमालो गर्न आग्रह गरिएको थियो।