राष्ट्रिय स्वतन्त्र पार्टीले असोज २० गतेदेखि २७ गतेसम्म संचालन गरेको " हामी आउदैछौ " अभियानमा सल्यान पुगेका रास्वपा सांसद बुद्धि पन्त ( हरि) ले २७ गते उक्त अभियानको फरक शैलीमा समापन गरेका छन ।
रास्वपाको हामी आउदै छौ अभियान अन्तरगत सल्यानको कालिमाटी , त्रीबेणी , कपुरकोट , छत्रेश्वरी लगायतका पालिकाहरुमा पार्टीका स्थानीय नेता , कार्यकर्ता तथा शुभ चिन्तकहरुले सल्यानबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद नहुदा जिल्लामा आइपर्ने सामान्य समस्याहरुको पनि समाधान नहुने गरेको र स्थानीय निकाय हरूमा भ्रष्टाचार र अनिमियता बढेको , अबैध क्रसर लगायतका कतिपय सन्दर्भमा प्रहरी , प्रशासनको भुमिका समेत संतोष जनक नभएको भनेर गुनासो गरेपछी सांसद पन्तले प्रमुख जिल्ला अधिकारीलाई त्यस्ता गुनासो देखिएको सम्बन्धित निकायहरुको जिल्लाका प्रमुखहरु संग बैठक राख्न आग्रह गरेका थिए ।
त्यसपछी जिल्ला प्रशासन कार्यलय सल्यानको बैठक कक्षमा प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसिको अध्यक्षतामा बसेको बैठकमा देखिएका समस्या र उठेका प्रश्नहरुको बिषयमा सम्बन्धित कार्यलयका प्रमुखहरुले उत्तर दिदै जिल्ला तहबाट गर्न सकिने बिषयहरु तत्काल गरिने र गर्न नसकिने बिषयहरु संबंधित मन्त्रालयहरुमा सिफारिस गरिने प्रतिबद्धता समेत जनाएका थिए ।
बैठकमा प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसि , शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश चन्द्र बुढा , सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक पातली , विद्युत प्राधिकरण का प्रमुख नरेश दत्त रावल , भौतिक पुर्बाधार बिकासकाका निमित्त प्रमुख सिद्धार्थ मिश्र लगायतका जिल्ला प्रमुखहरुको उपस्तिथि थियो ।
अभियानको क्रममा सांसद पन्तले रास्वपाले स्थानीय चुनाव लक्षित गरि संचालन गरेको राष्ट्रब्यापी अभियान " हामी आउदै छौ " अन्तरगत संचालित कार्यक्रममा त्यहाँका स्थानीय नेता कार्यकर्ता र शुभेच्छुकहरुलाइ क्यान्डिडेट क्लबमा आवद्ध हुने चरण देखि उम्मेदवार छनोटको विभिन्न प्रक्रियाहरुको बिषयमा प्रशिक्षण दिदै त्यहाँका स्थानीयहरुको विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरेका थिए । पन्तले स्थानीय चुनावमा पार्टीको विधि बिधान भन्दा बाहिर गएर कसैले टिकट नपाउने हुनाले सबैलाई ढुक्क भएर संगठन निर्माण र पार्टी र सरकारले गरेका राम्रा कामहरू लिएर जनतामाझ जान निर्देशन दिएका थिए । अभियानमा सल्यान जिल्ला सभापति प्रकाश नेपाली , नेताहरु राम बहादुर केसि , खड्ग बुडा , लाल बहादुर बिक लगायतको सहभागिता थियो ।