प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी प्रयोग गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी सेवालाई प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो।
प्रविधिको सही प्रयोगले प्रहरीको काम छिटो र सहज बनाउनुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी नतिजा हासिल गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। प्रविधिको विकाससँगै अपराधका स्वरूपमा समेत परिवर्तन भइरहेकाले प्रहरीको अनुसन्धान पद्धति र कार्यक्षमता समयानुकूल बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री शाहले प्रहरी अनुसन्धानलाई वैज्ञानिक र परिणाममुखी बनाउन सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नैतिकता, निष्ठा र इमानदारीलाई प्राथमिकता दिन आग्रह
प्रधानमन्त्री शाहले प्रहरी सेवामा नैतिकता, निष्ठा र इमानदारीलाई पेसागत सफलताको मुख्य आधार बनाउन आग्रह गर्नुभयो। संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पूर्ण पालना गर्दै पेसागत आचरण तथा अनुशासन कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी अधिकारीले आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुँदै कानुनी सीमाभित्र रहेर काम गर्नुपर्ने उहाँको भनाइ थियो। प्रहरीको व्यवहार, कार्यशैली र निर्णयले नागरिकको विश्वास अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै उहाँले सेवा प्रवाहमा निष्पक्षता र व्यावसायिक प्रतिबद्धता कायम गर्न निर्देशन दिनुभयो ।
दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन
प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताउनुभयो।
यस्तो जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न उहाँले दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभयो। नागरिकको भावना र अपेक्षालाई बुझेर सेवा दिनुपर्ने उल्लेख गर्दै उहाँले भेदभाव नगरी कर्तव्यप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभयो ।
प्रहरी सङ्गठनको संस्थागत मर्यादा र प्रतिष्ठा कायम राख्न सामूहिक सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै प्रधानमन्त्री शाहले व्यक्तिगत स्वार्थभन्दा जिम्मेवारी र कर्तव्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
तालिमको सिकाइ कार्यक्षेत्रमा लागू गर्न आग्रह
तालिम पूरा गरी प्रहरी सेवामा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई प्रशिक्षणका क्रममा प्राप्त ज्ञान, सीप र अनुशासन व्यवहारमा उतार्न प्रधानमन्त्री शाहले आग्रह गर्नुभयो ।
तालिम पूरा गर्नु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उहाँले कार्यक्षेत्रमा प्राप्त अनुभव, निरन्तर सिकाइ र व्यावसायिक दक्षतामार्फत आफूलाई थप सक्षम बनाउनुपर्ने बताउनुभयो। प्रहरी सेवामा आउने चुनौतीको सामना गर्न अनुशासन, जिम्मेवारीबोध र सहकार्य महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।
प्रहरीको कार्यसम्पादन प्रभावकारी बनाउन सङ्गठनभित्रका सबै तहबीच समन्वय र सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।
दीक्षान्त समारोहमा उहाँले तालिम सफलतापूर्वक पूरा गरी प्रहरी सेवामा प्रवेश गर्न लागेका प्रशिक्षार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। प्रशिक्षार्थीलाई तालिम पूरा गर्न प्रेरित गर्ने परिवारजनप्रति आभार व्यक्त गर्दै उहाँले दीक्षित प्रहरी निरीक्षकहरूको सफल भविष्यको कामना गर्नुभयो। साथै, सेवामा इमानदारी, अनुशासन, निष्पक्षता र नागरिकप्रतिको उत्तरदायित्वलाई सधैँ प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।