वीरगञ्ज– मयार्दित सहकारी समुन्नत समाज,र ब्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एक रुपता भन्ने मुल नाराका को–अपरेटिभ म्यानेजर्स क्लब पर्सा (सिएमसि) को आयोजनामा एक दिने महिला सशक्तीकरण एवम् लैङ्गिक समानता सम्बन्धि अभिमुखिकरण कार्यक्रम गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभा हलमा सम्पन्न भएको छ।
को–अपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष रविभुषण श्रीवास्तवको अध्यक्षता तथा को–अपरेटिभ म्यानेजर्स क्लब पर्साका संस्थापक अध्यक्ष जिष्णु बरालको प्रमुख आतिथ्यमा सो महिला सशक्तीकरण एवम् लैङ्गिक समानता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । उहाँले भने महिलाहरुलाई सशक्तीकरण गर्न सिएमसि क्लबले अहिले हरेक क्षेत्रमा परिवर्तनका लागि खेल्नुपर्ने भुमिका खेलिरहको बरालले बताएका छन् । अहिले सहकारी संस्थाले महिलाहरुलाई रोजगारीको थाले बन्दै गइरहेको बताए ।
त्यसैगरी सिएमसि क्लब पर्साका अध्यक्ष रविभुषण श्रीवास्तवले भने सहकारी संस्थाले महिलाहरुलाई रोजगारको अवसर प्रदान गर्ने एउटा थाले मात्र नभइ यसले कम्तीमा आत्मानिर्भरता बढाउने काममा समेत ठूलो भुमिका खेल्ने गरेको बताए । सहकारी संस्थाले अहिले धेरै महिलाहरुलाई रोजगारी दिने थलोको रुपमा परिचित गर्ने काम गरिरहेको बताउदै घर परिवारलाई समेत राहत हुने काम भएको अध्यक्ष श्रीवास्तवले बताएका हुन । उनले भने सहकारी संस्थाले छोरीचेलीलाई सुरक्षित रोजगारीको गन्तब्यको थलो बनाइ रहेको अध्यक्ष श्रीवास्तवले बताएका छन् ।
सिएमसि क्लबले अहिले सहकारी संस्थामा आफ्नो कुनै सदस्यलाई समस्या भए त्यसको समस्या समाधान गर्ने थलोको रुपमा पनि काम गर्ने एउटा पिलेट फर्म बनिरहेको अध्यक्ष श्रीवास्तवको भनाइ रहेको छ। महिला सशक्तीकरण एवम् लैङ्गिक समानता सम्बन्धि अभिमुखिकरण कार्यक्रममा मानव अधिकार ,महिला हिंसा लगायतका बिषयहरुमा बिना सिंहले सहभागीहरुलाई प्रशिक्षण दिनु भएकी थिइन् । अभिमुखिकरण कार्यक्रममा २० वटा सहकारी संस्थाका ३५ जना विभिन्न पदाधिकारीहरु सहभागी रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक संजय कुमार महतो, सिएमसि क्लबका पुर्व अध्यक्ष चन्देश्वर चौरसिया, रामबाबु चौधरी, दिपेन्द्र श्रेष्ठ तथा सिएमसि क्लबका सम्पूर्ण पदाधिकारीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।