बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको वीरगञ्ज कलेजले आज आफ्नो कलेजमा अध्यानरत बि.बि.एस. प्रथम वर्षका विद्यार्थीहरूका लागि ूसफ्ट सीपको शक्ति सञ्चार, आत्मविश्वास भन्ने शीर्षकमा प्रशिक्षण दिएको छ।
स्थानीय होटल भिष्वामा भएको कार्यक्रम बीरगंज कलेजका संचालक समितिका अध्यक्ष डाक्टर दीपेन्द्र चौधरीको अध्यक्षता तथा मधेस प्रदेशका सभा सदस्य रहबार अन्सारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उहाँले अहिले विद्यार्थीहरुले किताबको ज्ञानले मात्र नपुग्ने भएकोले अन्य क्षेत्रमा पनि उतिकै ज्ञान सीपको खाचो रहेको बताएका छन् । आफ्नो दक्षता संगै सीप अगाडि बढाउनु अति आवश्यकता रहेको बताएका हुन ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी. लामिछाने, उद्योग वाणिज्य महासंघ पर्साका अध्यक्ष हरी गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, वीरगञ्ज कलेजका सञ्चालक सुरेश चौधरी, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी लामिछाने ,प्याब्सनका पुर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय,बिबिएसका रुदर ठाकुर ,परिक्षा कोडिनेटर डिके जैस, वाल लगायतको उपस्थित रहेको थियो।

कार्यक्रमको समापन समारोहमा बीरगंज कलेजका संचालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले विद्यार्थीहरुमा जबसम्म पढ्ने बानी हुदैन तबसम्म केही गर्न नसक्ने बताएका छन् ।हामीले हाम्रा विद्यार्थीहरु हरेक क्षेत्रमा उतिकै अब्बल र कुशल नेतृत्व गर्न सक्षम होस् भनेर यस्ता विभिन्न सेमिनार मार्फत ज्ञान दिने गरेको बताए ।उनले भने कलेज मात्र नभइ कलेजले के के बिषयमा ज्ञान दिन्छ र कुन बस्तुमा के आवश्यकता छ भन्ने बारेमा हामीले बेलामा विद्यार्थीहरुलाई जानकारी दिने प्रयास हुदै आइरहेको उनको भनाइ रहेको छ।