मधेस प्रदेश प्रदेशको बारा जिल्ला स्थित प्रसौनी गाउँपालिकाको १७ औँ गाउँ सभा अधिवेशन आज आफ्नै सभा हलमा सम्पन्न भएको छ। गाउँपालिका प्रमुख विनोद प्रसाद जैसवालले आर्थिक वर्ष २०८२र८३ को बजेट यो वर्ष रु ४१ करोड १ लाख बराबरको प्रस्तुत गर्नुभएको थियो ।
गतवर्ष ४८ करोड रहेकोमा यो वर्ष घटेर ४१ करोड १ लाख मात्र रहेको उनले बताए । प्रसौनी गाउँपालिकाले आगामी वर्ष देखि शिक्षा क्षेत्रमा साक्षरता पालिका घोषणा गर्ने सामुहिक बिवाहा ,खाद्यान्नमा ५० प्रतिशत, ३५१ घर परिवारलाई अनुदान दिने नयाँ योजना रहेको बताए ।

वडा नम्बर १ मा करिब १ करोड भन्दा माथिको १० शैयाको अस्पताल निर्माण गर्ने तयारी १० हजार लिटर खानेपानी मासिक निशुल्क वितरण गर्ने पालिका भित्र रहेको मल्टिपल टाउन हल निर्माण गर्ने नौतनमा रहेको पोखरी सोहरी पोखरी आगामी वर्षका लागि आफ्नै पालिकाको स्रोत साधनबाट गौरवको आयोजना गर्ने तयारीमा पालिका लागि परेको सो आर्थिक वर्षको निति तथा योजनामा उल्लेख गरेको पालिका प्रमुख जैसवाल बताएका छन् ।
उनले भने पालिका भित्र भौतिक संरचना ,स्वास्थ्य, शिक्षा,पर्यटन ,लगायत अन्य क्षेत्रमा पालिकाले विकास गर्ने योजना अगाडि सारेको बताए ।अहिले आफ्नो पालिका भन्दा कम बेरुजु पालिकाको रुपमा घोषण गर्न पाएकोमा धेरै खुशी लागेको र नियम र प्रक्रिया भन्दा बाहिर नगइ स्थानीय सरकार संचालन ऐन अनुसार पालिका संचालन गरिरहेको पालिका प्रमुख जैसवाल बताएका हुन ।

उनले भने १३६ पालिका मध्येबाट आफ्नो पालिका ९ औ स्थानमा रहन सफल भएकोमा सबै कर्मचारी तथा जनप्रतिनिधिहरुको सहयोगले सफल भएको बताएका छन् । पालिकाको कम स्रोत साधन बाबजुद पनि उत्कृष्ट कार्यसम्पादन गदै अगाडि बडिरहेकोले यसलाई थप यो भन्दा पनि उत्कृष्ट पालिका घोषण गर्ने रणनीति रहेकोले सबैको साथ सहयोगको अपेक्षा आफुले गरेको पालिका प्रमुख जैसवालले बजेट प्रस्तुति गर्ने क्रममा बताएका छन् ।
कार्यक्रमको स्वागत मनतब्य प्रशासकीय अधिकृत श्याम किशोर प्रसादले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सुरेश साह कानुले गर्नुभएको थियो ।वार्षिक निति तथा कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु वडा सदस्यहरु कार्यपालिका सदस्यहरु तथा जनप्रतिनिधि राजनीतिक दलका नेता पत्रकार लगायतको उपस्थित रहेको थियो ।