जगत राई
जगरनाथपुर गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४५ करोड ४१ लाख १७ हजार ११ रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको छ। सोमबार पालिकाको १३ औं गाँउअधिवेशन तथा बजेट प्रस्तुतिकरण कार्यक्रम मार्फत सो बजेट सार्वजनिक गरेको हो । पालिकाका उपाध्यक्ष बबिता सिंह क्षेत्रिले सो बजेट प्रस्तुत गरेका थिईन ।
कार्यक्रम पालिका प्रमुख श्रीकान्त यादवको अध्यक्षता एवं पुर्व उद्योग मन्त्री एवं पर्सा क्षेत्र नम्बर ४ का सांसद रमेश रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशसकिय अधिकृत संदेश यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
संन्ठी स्थित सामुदायिक बिद्यालयमा सम्पन्न कार्यक्रममा उपप्रमुख क्षेत्रिले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार रहेको बताईन ।शिक्षा तर्फ एक करोड ६३ लाख ४७ हजार, कृषि तर्फ ७५ लाख २० हजार,पशु सेवा तर्फ १० लाख ५० हजार रकम बिनयोजन गरेको जानकारी दिईन
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका प्रमुख यादवले पर्साको जगरनाथपुर साक्षरता बनाउने उदेश्यले सवैभन्दा बढि बजेट शिक्षामा बिनयोजन गरिएको बताए । आफनो पालिका भित्र कृषि ,पशुपंक्षि ,बिपन्न ,ज्येष्ठ नागरिक दलित ,पर्यटन ,मठमन्दिर ,मस्जिद लगायतहरुमा बिशेष बजेट मार्फत पालिकामा आय आर्जनमा बिशेष ध्यान दिएको बताए ।
कार्यक्रमर्मा ै सांसद रमेश रिजालले पानसमा बति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद रिजालले यस पालिकाले सम्पुर्ण कृषि,शिक्षा,स्वास्थय ,भौतिक पुर्वाधार ,पर्यटन मठमन्दिर लगायतमा ध्यान दिएकोमा आफुलाई धेरै खुशी लागेको बताए । पर्साको जगरनाथपुर गाँउपालिका नमुना पालिका होस भन्ने आफनो धारणा भएकोले सोहि अनुसार पालिकाले आर्थिक बर्ष २०८२÷८३ को लागि निति तथा कार्यक्रम मार्फत बजेटहरु बिनयोजन गरेकोमा पालिकालाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्ष, पालिका सदस्य, जनप्रतिनिधिहरु, कर्मचारी,शिक्षक तथा बिभिन्न राजनितिक दलका प्रतिनिधि र संचारकर्मीहरुको उल्लेखनिय सहभागिता थियो ।
